भन्सार छलेर ल्याएको सामान बरामद

२४ साउन, कैलाली । सशस्त्र प्रहरीको टोलीले कैलालीको टीकापुर कालाकुण्डा इलाकाबाट भन्सार छलेर ल्याउदै गरेका रेडिमेड र थान कपडाहरु बरामद गरेको छ ।

सुदूरपश्चिम सशस्त्र प्रहरी वल बैजनाथ बाहिनी अत्तरियाबाट गएको सशस्त्र प्रहरी बलको टोलीले भन्सार छलेको सामान बरामद गरी भन्सार कार्यालय कैलालीलाई बुझाएको छ ।

टीकापुरसंग सीमा जोडिएको भारतीय बजार तिकुनियाबाट भन्सार छलेर समान ल्याउदै गरेको सूचना पाएपछि अत्तरिया बाहिनीबाट असई हंस रोकायाको टोली खटाई पठाएको बाहिनीपति शसस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नगेन्द्र थापाले जानकारी दिए ।

उनले करिब ३ लाख रुपैयाँ मूल्यका उक्त रेडिमेड तथा थान कपडाहरु नियन्त्रणमा लिई भन्सार कार्यालय कैलालीलाई बुझाएको बताए । खुला सीमा नाका र सीमित स्रोत साधनका बाबजुद सशस्त्र प्रहरी अपराध नियन्त्रण र चोरी तस्करी नियन्त्रणमा लागि परेको बाहिनीपति थापाले बताए ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *