प्रहरीको गाडीको ठक्करबाट झापामा एकजनाको मृत्यु

२२ साउन, झापा । इलाका प्रहरी कार्यालय कन्काईको गाडीको ठक्करबाट एकजना सर्वसाधारणको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–१ बुधबारेका २७ वर्षीय पंकज कोइराला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गको कन्काई नगरपालिका–१ दुर्गापुरमा सोमबार साँझ पश्चिमबाट मे८प १२२३ नम्बरको स्कुटीमा पूर्वतर्फ आइरहेका कोइरालालाई विपरीत दिशाबाट गइरहेको इप्रका कन्काईको मे१ज ५८६ नम्बरको गाडीले ठक्कर दिएको थियो ।

प्रहरीको गाडीको ठक्करबाट घाइते भएका कोइरालालाई उपचारका लागि विर्तामोडस्थित बीएण्डसी हस्पिटलमा लगिएको थियो । उपचारकै क्रममा मंगलबार बिहान उनको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *