संसदीय सुनवाई समितिका सदस्यहरुको सुरक्षार्थ पीएसओ खटाइयो

१६ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालयले संसदीय सुनुवाई विशेष समितिका सदस्यहरुको सुरक्षाका लागि निजी सुरक्षा अधिकारी (पीएसओ) खटाएको छ ।

समितिका सदस्यहरुको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै पीएसओ खटाइएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापा क्षेत्रीले सुरक्षा संवेदनशीलतालाई ‘रिभ्यू’ गर्दा आवश्यक देखिएकाले पीएसओको व्यवस्था गरिएको अनलाइनखबरलाई बताए ।

उनका अनुसार समितिका १५ सदस्य मध्ये ७ जनाले पीएसओको सुविधा लिएका छन् । अन्यले भने आवश्यक नभएको भन्दै पीएसओ लिन अस्वीकार गरे ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *