गजल

निस्तै खाएर पनि भुटुन बेचेर ।
जिन्दगी चलाइन्थ्यो नुन बेचेर ।।

गरेर पनि खान नदिएपछि,
परदेसिए श्रीमतीको सुन बेचेर।

भनेजस्तै बिदेशमा कहाँ हुँदोरैछ
कमाउदै छु अचेल खुन बेचेर ।

बिकासको बत्ती बाल्नैपर्छ हुम्लामा
कतिञ्जेल चल्ला र उन बेचेर ।

सहयोग त निस्वार्थ पो हुनुपर्छ
यहाँ गुण लगाउछन् गुण बेचेर ।

आफ्नै शब्दलाई आफैले नै किन्नुपर्छ,
त्यै शब्दबाटै कमाउछन् धुन बेचेर ।

यो आकाश मलाइ आफ्नै जस्तो लाग्छ
अब कमाउनु छ त्यो जून बेचेर ।

तिमिलाई दिदादिदा अब केही बचेन
अझै मागे दिउँला यो पुन बेचेर।।।

शुशिल पुन विरही

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *