फरार अभियुक्त जेल चलान

१५ साउन, कलैया । जिल्ला प्रहरी कार्यालय बाराले दुई जना फरार अभियुक्तलाई कारागार चलान गरेको छ । विभिन्न मुद्दामा दोषी ठहरिएका ११ जना भने जरिवाना तिरेर छुटेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रञ्जितसिंह राठौरले दिएको जानकारी अनुसार बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २ बस्ने माधव हजरा दुसाद र कोल्हवी नगरपालिका वडा नम्बर ११ बस्ने हिरामन चौधरी वीरगञ्ज कारागार चलान भएका छन् ।

सवारी ज्यान मुद्दामा दोषी ठहर भएका दुसाद विरुद्ध पुनरावेदन अदालत हेटौंडाले ६ महिना कैद र दुई हजार जरिवाना तोकेको थियो । उनलाई साउन १३ गते जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको थियो । बारा जिल्ला अदालतको आदेशले साउन १४ गते दुसादलाई कैद भुक्तानको लागि वीरगञ्ज कारागार पठाइएको बारा प्रहरीले जनाएको छ ।

हिरामन चौधरीलाई बारा जिल्ला अदालतको फैसलाले लागु औषध मुद्दामा १ वर्ष कैद भुक्तानको लागि वीरगञ्ज कारागारमा पठाइएको छ ।

त्यसैगरी लागु औषध, चोरी, वन र करकाप मुद्दामा जरिवाना लागि फरार रहेका ११ जना प्रतिवादी आफूलाई लागेको जरिवाना रकम दाखिला गरी छुटेको बाराका प्रहरी प्रवक्ता राठौरले जानकारी दिए ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *