गजल

नरुल मिया-कास्की

गहभरी आँसु बोकि रुनु पर्याछ!
संसारमा एक्लो सधै हुनु पर्याछ!!

मनको चाहाना मन भित्रै ढल्ने गर्याछ!
दुखेको घाउ नुन र चुकले अति चर्याछ!!

मनमा दन्केको आगो निभ्नै सकेन मेरो!
भित्र भित्रै आगोले जलाउदा मनै मर्याछ!!

हिम्मत गरि ज्युनुपर्ने यो संसारको रित!
भित्री आँसु रोकि बाहिर हासो छर्याछ!!

कस्ले बुझ्नु मनमा चिन्ता कति सर्याछ!
मन मर्नु मर्याछ हजुर आँसु झर्नु झर्याछ!!

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *