चिकित्सा शिक्षा क्षेत्रमा रहेको समस्या समाधानका लागि डा. गोविन्द केसीको अनसनले नेतृत्वदायी भूमिका खेलेको छ । उनको माग सम्बोधनका लागि सरकारले अन्तिम समयमा जुन किसिमको समाधान खोज्न तदारुकता देखायो, त्यसको नेपाली कांग्रेसले स्वागत मात्र गरेको छैन, प्रशंसनीय काम भएको छ । तर, सरकारले यो सब बाध्य भएर गरेको पनि छिपेको छैन ।

प्रमुख प्रतिपक्षी कांग्रेसले सडकदेखि सदनसम्म आवाज उठायो । नागरिक समाजले पुरै सहयोग गरे । प्रदर्शन गरे । नागरिकलाई सुसुचित गर्ने, जनमत निमार्ण गर्ने र डा. केसीको माग पूरा गर्न जरुरी छ भनेर सरकारलाई झकझक्याउने र झुकाउने सन्दर्भमा मिडियाले समेत प्रभावकारी भूमिका खेले । सबैको सहयोग र सकृय सहभागितामा चिकित्सा शिक्षा क्षेत्रमा निकै महत्वपूर्ण उपलब्धी हासिल भएको छ ।

डा. केसी लामो अनसन गरेर एउटा सत्याग्राहीको रुपमा आफुलाई उच्च व्यक्तित्वको परिचय बनाउन सफल भएका छन् । उनको अहिलेको अनसन १५ औं अनसनका रुपमा नभइ अन्तिम अनसन बनाउनका निम्ति सरकार इमानदार ढङ्गले भएका सहमति कायर्नन्वयन गर्नेतर्फ लाग्नेछ भन्ने विश्वास छ । त्यही विश्वासकै आधारमा कांग्रेसले संसदमा चिकित्सा शिक्षा विधेयकमाथि गरेको विरोधको सूचना फिर्ता लिएको छ ।

कांग्रेसमाथि तीन प्रश्न

सरकारका पक्षबाट नेपाली कांग्रेसमाथि पछिल्लो समय आरोपका रुपमा भ्रम फैलाउने नियतले तीनवटा प्रश्नहरु गरिएका छन् ।

पहिलो प्रश्नः कांग्रेसले सरकारमा छँदा डा. केसीको माग र चिकित्सा शिक्षा क्षेत्रको समाधान किन गर्न सकेन ?

सरकारमा छँदा चाँहि डा. केसीको मागको सम्बोधन नगर्ने अनि सरकारबाट बाहिरिएपछि मुद्दा बनाउने भन्ने गरी प्रस्तुत गरिएको छ । विभिन्न व्यक्तित्वहरुबाट, सरकारबाट र सामाजिक सञ्जालमा यस्ता प्रश्न आएका छन् ।

यो सन्दर्भमा के प्रष्ट पार्न चाहन्छु भने नेपाली कांग्रेसको नेतृत्वकालमा नेपालमा मेडिकल कलेजहरु खुलेका हुन् । संख्या बढेका हुन् । संख्या बढेपछि समस्या पनि बढेका हुन् । र समस्या बढेपछि त्यसका पक्ष र विपक्षमा आवाजहरु उठेका हुन् । र समयल डा. गोविन्द केसीलाई जन्माएको हो ।

 

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *