गुरु पुर्णिमा !

Spread the love

सुर्य बस्याल /बङ्नासकालि ६पाल्पा
“””””””””””””””””””””:”””””””””””””

हामि भयको पृथ्वी र ब्रह्माण्ण मा तिन तत्व को ऊपस्थिति छ ।
१- सकारात्मक
२- नकारात्मक
३- संयमित, समायोजक
शक्ति ।
बिज्ञान ले यसलाई न्यूटन, प्रोटन र ईलेक्ट्रोन भन्दछ ।
सकारात्मक शक्ति ले निर्माण र बिकास गर्दछ ।र संसार लाई सकारात्मक बाटोमा अघि बढाऊछ ।
मानि लिऊ हामी एउटा खेत मा जाने पानि को कुलो नहर निर्माण गर्ने योजना बनाऊछौ । मेहनत पुर्वक काम गर्दछौ र पानि को ऊपलब्धता को आधारमा नया खेतको निर्माण गर्दछौ ।ऊन्नत खेति द्वारा आफ्नो र अथरू को पेट भर्न मा योगदान गर्दछौ ।यो सकारात्मक शक्ति को कार्य हो ।

अर्को नकारात्मक शक्ति कुलो को निर्माण गर्दैन ।मेहनत पनि गर्दैन बरू कुलो बनाऊने हरू लाई अनेक बखेडा झिकेर यहा बाट हटाउन चाहन्छ । बाध बाट पानि खोलि दिन्छ, कुलो कसैले नदेख्ने गरि भत्काई दिन्छ ।र चोरि बेइमानी गरेर खान्छ ।
तेस्रो शक्ति योजना बनाऊछ, ब्याबस्थापन गर्छ, नकारात्मक सोच राख्ने हरू बिच पनि समन्वय गर्छ र कार्य सफल पार्न मा महत्वपूर्ण भुमिका खेल्दछ ।

हाम्रो जीवन का सबै जसो कार्य मा यस किसिमको अन्तरद्धन्द हुन्छ समन्वय हुन्छ र सकारात्मक र नकारात्मक परिणाम आऊछु ।
हामि ले यदि सकारात्मक परिणाम प्राप्त गर्न छ भने पहिले सकारात्मक र नकारात्मक दुवै पक्ष लाई चिन्नु जान्नु र सहि मध्यस्त, मार्ग दर्शक,वा बिचार- चिन्तन लाई आत्मसाथ गर्नु नै गुरु मान्नु हो ।
त्यो कुनै ब्याक्ति हुन सक्दछ, पुस्तक हुन सक्दछ, भाषण- प्रवचन हुन सक्दछ जसले तपाईंको जीवनमा एउटा समन्वयात्मक भुमिका खेल्छ र जीवन लाई सकारात्मक बाटोमा अघि बढ्न प्रेरणा दिन्छ ।
धार्मिक संन्यासि हरू को लागि गुरू एक हुन सक्दछ ।
तर हामी जस्तो कर्म र कार्य मा बिस्वास गर्ने गृहष्थ हरू को लागि बिविध क्षेत्रमा बिविध गुरू हुन सक्छन् ।र ति सबै जिवन पर्यन्त आदरणीय र सम्मानित हुन सक्दछन् ।भन्नाले स्वरूप जति भय पनि सार मा सकारात्मक बाटोमा हिडाऊने तत्व नै गुरू हो ।
आज गुरू पूर्णिमा मेरो जीवन मा पारिवारिक सम्मान र जिवन दिने आमा, मन्त्र संकार र संकृति मा चल्न सिकाऊने मेरा पंडित गुरू मिन प्रसाद पाण्डे, अक्षर लेख्न पढ्न सिकाऊने दाजि र स्कुल का शिक्षक हरू, राजनीतिक सामाजिक जीवन मा लाग्न ऊत्प्रेरणा दिने बिचार मार्क्स बाद र नेपाली कम्युनिष्ट आन्दोलनको नेता पुष्प लाल को बिचार लगायत बिविध बेला मा मार्ग दर्शन गरेर सहि बाटो देखाउने सबै गुरू प्रति सम्मान, समर्पण र आदर ब्याक्त गर्दै सदा सकारात्मक ता को कामना गर्दछु ।
तपाई हरू पनि यि शक्ति हरू लाई चिनेर अघि बढ्न सक्नु होस् ।
गुरू पूर्णिमा को सबै लाई शुभकामना ! !
*****************************

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *