मुटुरोग पीडित रुमालालाई प्रवासी नेपालीको सहयोग

९ साउन, काठमाडौं । शहीद गंगालाल हृदय रोग केन्द्र, बाँसवारीमा उपचाररत तलकोट–३, बझाङ्गकी ११ वर्षीया रुमला रोकायालार्इ सुदूरपश्चिमेली समाज, टेक्सास अमेरिकाले आर्थिक सहयोग गरेको छ।
मुटुको शल्यक्रियाका लागि रकम अभावको सामना गरिरहेकी रोकायलाई समाजले ४३ हजार ४ सय रुपैयाँ सहयोग गरेको हो ।

सुदूरपश्सचमेली समाज टेक्सास, अमेरिकाका संस्थापक हरिश उपाध्यायको अगुवाइमा संकलन गरिएको रकम सोमबार खप्तड छान्ना गाउँपालिका–५, का अमर गिरी र वसन्तराज पाध्यायले अस्पताल पुगेर हस्तान्तरण गरे ।

रकम प्राप्त गरेपछि रुमलाले आफूलाई थप बाँच्ने आशा पलाएको बताउँदै सहयोगका लागि सबैसँग आग्रह गरिन् ।

रुमालाको उपचारका लागि बझाङ्गका किशोर खड्काको अगुवाइमा कोरिया, जापान, अष्ट्रेलियालगायत देश विदेशबाट समेत सहयोग भइरहे पनि न्यून आर्थिक हैसियत भएकी उनको उपचारका लागि पर्याप्त रकम जुटिनसकेको भन्दै परिवारले सहयोगका लागि आग्रह गरेको छ । केही वर्षदेखि बुवा वेपत्ता रहेको र रुमालाको आमाले सामान्य मजदुरी गरेर जीविकोपार्जन चलाउँदै आएकाले उपचारमा समस्या भएको उपचार खर्च जुटाउन सक्रिय वसन्त पाध्यायले जानकारी दिए ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *