कर र शुल्कमा वृद्धि सुविधा भने जस्ताको त्यस्तै

५ श्रावण  विराटनगर नगरपालिका, उपमहानगरपालिका हुँदै अघिल्लो वर्ष महानगरपालिका भयो । नाममा परिवर्तन भएसंगै नगरवासीबाट असुल्ने कर र शुल्क पनि सालाना थपिदै छ तर, महानगरले दिने सेवा सुविधा भने कहिले थपिएको छैन ।

महानगरले पााच रूपैयाँमा हुने नागरिकताको सिफारिस दस्तुर ५० रूपैयाा पुर्‍याएको छ । वैवाहिक अंगिकृत नागरिकताको सिफारिस एक सय ५० बाट पााच हजार रूपैयाा पुर्‍याएको छ । विवाह, जन्म, मृत्यु जस्ता घटना दर्ताको शुल्क पााच गुणा बढेको छ । व्यवसाय बन्द वा सञ्चालन भएको सिफारिस निःशुल्क हुादै आएकोमा अब पााच सय रूपैयाा तिर्नुपर्ने भएको छ । नाम, थर, जन्म मिति संशोधनको सिफारिस एक सय रूपैयााबाट पााच सय रूपैयाा पुगेको छ । तीनपुस्ते भित्र मृत्यु भएर नामसारी वा अंशवण्डाको शुल्कप्रति वर्ग फूट ३० पैसाबाट ५० पैसा पूगेको छ । घर नक्सा पास दस्तुर समेत महानगरले दोब्बर बनाएको छ ।

३३ गुणासम्म शुल्क वृद्धि गरेको महानगरले स्थानीयको क्रयशक्ति ध्यानमा राखेको छैन । सेवा सुविधा नथपिएको अबस्थामा शुल्कका दरमा भारी वृद्धि गरेको विषयमा महानगरका अधिकारी स्पष्ट जवाफ दिादैनन् ।  महानगरले आफ्ना कर र शुल्क दर परिवर्तन गर्दासेवा सुविधा र महानगरवासीको क्रय शक्तिलाई आधार बनाउनुपर्छ । स्थानीयलाई मार पर्ने गरी हचुवााको भरमा कर र शुल्क दरमा परिवर्तन गर्ने परिपाटीले महानगर स्वेच्छारी बन्दै गएको नगरवासीको गुनासो छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *