रुकुममा जीप दुर्घटना, ३ जनाको मृत्यु

Spread the love

२ साउन, रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका-५ धारापानीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

रुकमकोटबाट धौलापैरा जाँदै गरेको लु१ज २५७३ नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।

दुर्घटनास्थलमा उद्दारका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *