गजल

छड्के झोला, कमिजमा लामो दारी पालेको छ,
कवि होला सायद ऊ त जुत्ता-कपडा टालेको छ।

देखाउँछ ऊ बेग्लै चाल एकान्तमा टोलाएर,
लेख्दै मेट्दै कापीका ती पाना च्यात्दै फालेको छ,

हेर्दा शान्त सागर जस्तो चुपचाप उस्ले बसे पनि,
बोल्दा हरेक शब्द भरी ज्वालामुखी बालेको छ।

चकित पार्दै उस्ले सधैं असाधारण क्षमताले,
पानी माथी आगो लगाई ढुङ्गालाई गालेको छ।

वास्तविकता देखे जस्तै नहुननी सक्छ तर,
शब्दै लेखी घरमा उस्ले टिन छाउन थालेको छ।

युगेश बानु राई।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *