सम्झना मा तिस बर्ष पुरानो (२०४२तिर ) मेरो साऊने संक्रान्ति

Spread the love

****************************

चारै तिर हरियाली मा ढकमक्क भयको गाँऊ घर ,घर को आगन छेऊ डिल मा परेडका सिपाही झै लहरै लगाएका र फुल फल ले सजियका भेडारि का रूख हरू,

आगन तल बारि मा स्वागत मा टाउको निहुरायर ऊभियझै धानचौर तल झुकेर सेताम्मे भयका मकै का बोट हरू ,
बिहानि को लालिमा सिमसिम पानि ले रंगिन बनेको छ ।
लाम्दि र सपाङ्दे खोला ले सुसायर मानौ बिहानै देखि दोहोरि गाँऊदै छन् ।
टेकरे माथि आकासमा ऊदायका सुर्य बादल सँग लुका छिपि खेल्दै हुनुहुन्छ ।
दिदि र भाऊज्यू घर र मन्दिर लिप्न रातो माटो र गाई को गोबर जम्मा गर्दै हुनुहुन्छ ।

म भर्खर बाँसले बुनेको आँखे डोका मा नाम्लो ले बोकेर ताँबे गाग्री मा पँधेरो बाट पानि लिएर घर आँगन मा पुगेको आहट सुनेर
भित्र बाट आमा को सुमधुर आवाज आयो ।
पानि ल्याईस् बाबु , नुहायर ल्याईस् नि?
ल पानि राखेर आज साऊने संक्रान्ति भलायका पात , कुरिलो र कुश लिएर आईज र घर -गोठ को जता ततै छाना धुरिमा राखिदे ।

भगवान सँग रोग ब्याधि हर्न र निरोगी रहन आसिर्बाद माग्नु । आमा ले एकै स्वरमा भन्नु भयो ।

एकै छिन् मा म आमा को आज्ञा पालन गर्न लागि सके ।

केही समय पछि दाजि पोल्ने मकै लिएर आउनु भयो ।थाहा भयो नाग हरू लाई धजो बाध्न र दियो बालिदिन खेतमा जानु भयको रहेछ ।
पोलेका मकै काँस को कटौरि मा बाक्लो मोहि सँगै नास्ता गरेर हामी खेत तिर लाग्यौ ।

दिऊसो को खाना लिएर आमा खेतमै पुग्नु भयको थियो ।
हामि साँझ नपर्दै घर फर्केका थियौ ।

फेरि शुरु भयो ऊमंग!
कागती , टिऊरे र गाभा (पिडालु पात ) को जोहो,

घर अघि को मन्दिर छेऊ चार वटा काठका साना साना चोके लौरा गाडेर त्यसमाथि झिदा तेर्स्याई बनाएको कटेरि मा भलाएका पात माथि शुद्ध गाई को गोबर र माटो मलेर त्यस माथि मास लगायतका दाल जन्य गेडा गुडि छरेर पुजा गरि

लौरो मा सुतिकपडा लपेटेर मट्टितेल राखि बनाईएका चिराग लाई प्रत्येक घर को सदस्य ले मेरो लुतो लैजा भन्दै फालेर भगवान सँग रोग ब्याधि मुक्त हुन गरिएको प्रारथना!

सेल रोटी, खाजा ,बोडि को तरकारी र कटौरा भरि दुध सँगै को भोजन सकेर सबै जना टिऊरे मिलाऊने लगाउने काम मा ब्यास्त,

अर्को दिन ऊज्यालो सँगै घर, पँधेरो, खेत बारी र स्कुल मा कसको सबै भन्दा गाढा र राम्रो टिऊरे लागेछ भन्ने प्रतिस्पर्धा!

आफ्नै खाले खुशी, अलग किसिमको आत्मीयता, सुन्दर संस्कृति न कुनै ठुलो खर्च न कुनै औपचारिकता,
केवल आफ्नो पन र आत्मीयता मा रमाउदै गरेको पुरा पुरा गाँऊ !

आज रित्तिदै गरेका गाऊँ, अस्त ब्यास्त कंक्रिट को जाल मा जकडिय को शहरि समाज,

आयातित संस्कृति को घालमेल,
सोसल मिडिया का औपचारिकता,
न कोही आफन्त, न कसैलाई आफन्त गाऊँ समाज संस्कृति र सभ्यताको चिन्ता ।

पैसा ले खुशी किन्ने बानि बसाल्दै गएको, ब्याक्ति गत अहं मा मख्ख बर्तमान मानिसहरू को भिड मा हराउदै गरेको मेरो संस्कृति र त्यो मुटु मन कहा खोजी गरू?

बिलिन हुदै गएको तिस बर्ष पुरानो त्यो समाज, संस्कृति र आत्मीयता लाई मन मष्तिष्कमा सजाऊदै बर-बर आँसु धारा ले बिहान नै सिरानी भिजेको भय पनि समय सँग सम्झौता गर्दै सबै लाई निरोगी र मेहनति शरीर मिलोस् साऊने संक्रान्ति को शुभकामना! !

लेखक / सूर्य बस्याल
बङ्नासकालि ६ गुगाँ रेले पाल्पा
हाल / नया दिल्ली भारत
•••••••••••••••••••••••••••••••••

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *