2018 को विश्वकप फ्रान्सको भयो।

काठमाडौं । फ्रान्स दोस्रो पटक विश्वकप विजेता बन्न सफल बनेको छ । रुस विश्वकपको फाइनलमा फ्रान्सले क्रोएसियालाई ४–२ ले पराजितगर्दै २१ औं संस्करणको विश्वकप उपाधि जित्न सफल बनेको हो ।
यसअघि फ्रान्सले सन् १९९८ को विश्वकप उपाधि हात पारेको थियो । आइतबार राति सम्पन्न विश्वकप फाइनलमा फ्रान्सका लागि एन्टोनी ग्रीजम्यान, पल पोग्बा र केलियन एमबाप्पेले एक–एक गोलगर्दा एक गोल क्रोएसियन खेलाडी मारियो मान्जुकिजको आत्मघाती गोल भएको थियो ।
क्रोएसियाका तर्फबाट भने इभान पेरिसिच र मारियो मान्जुकिजले एक–एक गोल फर्काएपनि टोलिलाई जित दिलाउन सकेनन् ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *