अभिनेत्री प्रियंका कार्कीले आयुष्मानसँग लगनगाँठो कस्दै

काठमाडौं, असार ३० – अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गरेका छन् । करिब डेढ बर्ष अघिबाट प्रेममा रहेका यी दुईले सनिबार एक पारिवारिक जमघटका बीच इन्गेजमेन्ट गरेका हुन् ।

आयुष्मानकी आमा रविना देशराजले आफ्नो सामाजिक संजाल इन्टाग्राममा केहि तस्बिरहरु राख्दै प्रियंकालाई बधाई दिएकी छन् । त्यस्तै पुर्व मिस नेपाल जेनिसा मोक्तानले पनि प्रियंका र आयुष्मानको फोटो सेयर गर्दै बधाई दिएकी छन् ।

आफ्नो प्रेमको बारेमा यी दुइ मिडियामा खुलेरै कुरा गर्ने गर्थे । पारिवारिक समारोहक बीच इन्गेजमेन्ट गरेका यी दुईले बिवाह कहिले गर्छन भन्ने बारे भने अझैसम्म जानकारी प्राप्त भएको छैन ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *