अन्तर्राष्ट्रिय साहित्य समाज ओमान ले धुमधामका साथ मनायो भानुजयन्ती

१३ जुलाइ, २०१७, आज ओमन को मस्कटमा आदिकवी भानुभक्त आचार्यको को २०४ औ जन्मजयन्ती अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमन को आयोजनामा श्री शुसिल पुन ज्युको सभापतित्वमा भब्य मनाइयो


उक्त कार्यक्रममा  प्रमुख अतिथि ओमन स्थित नेपाली राजदूतावास की ओमानको लागि नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकाल ज्यू ले आदिकवी भानुभक्त आचार्य ज्युको किर्तीका बारेमा चर्चा गर्दै  उहाँका किर्तीहरुबाट हामिले सबै सम्बभ नभएनि धेरै कुराहरु

ब्यवहारमा अनुसरण गर्न सक्ने खालका ब्यवहारिक रहेका तथा सर्जक मरेर गए पनी श्रृजना नमर्ने बताउनु भयो , त्यस्तै बिभिन्न सर्जक हरुले कविता, गजल सुनाउनु भयो  भने अतिथि का रुपमा पाल्नु हुने NRN ओमनका अध्यक्ष श्री दिपक श्रेष्ठ, जनसम्पर्क समिति ओमनका श्री फरसु पोखरेल , प्रवासी मँच ओमानका अध्यक्ष श्री सोम कृष्ण श्रेष्ठ, जन प्रगतिशील मँच का सल्लाहकार श्री पदम आर्यल, विवेकशील साझा सद्भाव समुह ओमानका सम्योजक श्री जिवन कार्की , तामाङ् समाज ओमनका प्रतिनिधि तेज बहादुर तामाङ तथा मगर संघ ओमानका प्रतिनिधि,नेपाली एकता समाज ओमनका अध्यक्ष श्री छविलाल बस्नेत,बागलुङ सेवा समाज का प्रतिनिधि खेम खड्काथोकी, गुल्मी सेवा समाज का प्रतिनिधि घनश्याम भन्डारीसमेत ले नेपाली साहित्य मा आदिकवी भानुभक्त आचार्य योगदान को वारेमा चर्चा गर्नु भएको थियो।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *