नेपाल मा बामपन्थी एकता, सहजता र अबको बाटो।

 

२००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना सँगै शुरु भएको नेपाली श्रमजीवी जनताको आन्दोलन यति बेला एउटा ऊत्कर्ष मा पुगेको छ ।राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति को बिश्लेषण र क्रान्ति का तत्कालीन बाटा हरू को बिषयमा मत बिभाजन हुदा नेपाली बामपंथि हरू कहिले संगठित त कहिले बिभाजित हुने गरेको ईतिहास देखि हामि सबै अवगत छौ।

नेपाली बामपंथि आन्दोलन कहिले बन्दुक बोकेर, कहिले झण्डा बोकेर त कहिले औजार बोकेर हुने गरेको छ ।यि सबै अवस्थामा बिचार ले महत्वपूर्ण भूमिका खेलेको छ ।र यो बास्तबिकता हो ।
आज नेकपा एमाले र माओवादी बीच पार्टी एकिकरण भएको छ ।
यो एकता बिचार को फ्युजन होइन, बिचार को संलेषण, बिकास र परिपक्वता हो ।
किनभने यि दुबै पार्टी को प्रारब्ध एउटै बाटो बाट भयको छ र गन्तव्य समाजबाद, साम्यबाद साझा रहेको छ ।

हामीले नेपाली समाज को चरित्र को बारेमा बुझ्नुपर्ने कुरा के हो भने पुष्पलाल ले भन्नु भयझै “हामी नेपाली जाती हरु स्वर्ग बाट झरेका पनि होईनौ, जमिन बाट टुसायका पनि होईनौ । न त राजा महाराजा को आसिर्बाद ले निर्माण भयका हौ”

हामी नेपाली जाती को निर्माण हाम्रा बिभिन्न भाषा बोल्ने कविला (जनजाति )थिय ।ऊनिहरू ले एक थलो मा बसेर सामूहिक ऊत्पादन शुरु गर्दा भयको हो ।त्यसैले हामी बिच बिबिधता र बिबिधता भित्र ऊत्पादन प्रकृया ले एकता कायम गरेको छ, र हाम्रा बीचमा बेमेल का पक्ष हरू बिघटित हुदै मेल का पक्ष संगठित हुदै आएका छन् ।
यति बेला नेपाली समाज ले सामान्तबाद लाई निषेध गरेको छ र अवशेष हरू को निषेध को निषेध कार्य बाकि छ र त्यो संगठित नभई ब्याक्ति को ब्यबहार मा रहेको ले यो चुनौती को रूपमा रहेको छैन ।
संविधान निर्माण सँगै कमजोर बन्दै गएको नोकरशाहि पुजिंवाद को नेतृत्व २०७४ को आम र स्थानीय चुनाव ले पराजित गरेको छ, र शासन को बागडोर कानुन बदल्न सक्ने हद सम्म २\३ बामपंथि हरू को हातमा सुम्पेको छ ।
राष्ट्रिय भावना जन जन मा ओत प्रोत छ र बिस्तार वादी साम्राज्यवादी हरू सुरक्षित ठाउँको खोजि गरिरहेका छन् ।यो नेपाली जनता को बलिदान पुर्ण संघर्ष र बिविध जन आन्दोलन हरू को ऊपलब्धि हो ।
यसो भनिरहँदा अब देशमा नोकरशाहि पुजिंवाद , बिस्तार वाद र साम्राज्यवादी हरू को खतरा छैन भन्ने अवस्य होइन ।यो हाम्रो समाज मा बिध्धमान छ र त्यसका जराहरू मात्र हल्लेका छन् तर ऊखेलिई सकेका छैनन् । त्यसैले यस बिरूद्ध संगठित आन्दोलन आज बामपंथि हरू को दायित्व पनि हो ।

साथै जनपक्षिय कार्य द्वारा जन अभिमत को सम्मान र लामो संघर्ष को प्रतिफल जनताको घर आँगनमा पुर्‍याउने र प्रतिफल को संरक्षण गर्न बामपंथि हरू बिच बैचारिक र भावनात्मक एकता आजको अपरिहार्य आवश्यकता हो ।
क•पुष्प लाल ले संसदीय प्रजातन्त्र मा पनि क्रान्तिकारी हरू को बाहुल्यता भयमा शासन को स्वरूप जनवादी हुने कुरा गर्नु भयको थियो ।हामि त आज संघीय गणतन्त्र मा प्रवेश गरिसकेका छौ ।
त्यसैले शासन को स्वरूप जनवादी बनाऊने जिम्मा बामपंथि सांसद, प्रदेश सभा सदस्य र स्थानीय निर्वाचित जन प्रतिनिधि को काधमा पुगेको छ ।

दुई ठुला पार्टी बिच एकता प्रकृया टुङ्गो लागि सकेको ले अबको नीति अन्तरविरोध को बिश्लेषण, लक्ष्यको निर्धारण गर्दै त्यसको क्रियान्वयन मा एकढिक्का भयर अघि बढ्नु र रणनीतिक लक्ष्य प्राप्त गर्न तिब्र गति मा अघि बढ्नु आजको आवश्यकता हो ।

बर्तमान अवस्थामा आईपुग्दा संबिधान मार्फत नै हामिले अधिकांश ऊपेक्षित बर्ग, समुदाय हरू को अधिकार सुचिबद्ध गरिसकेका छौ ।शासन मा सहभागी ता को ग्यारेन्टी समेत गरि सकेका छौ ।जन अधिकार हरू पनि सूचीकृत गरिएका छन् र बामपंथि हरू आफ्ना बर्ग बैरि हरू लाई परास्त गर्दै जनता को अभिमत को बल मा शासन को मालिक भयका छन् । त्यसैले यो पुजिंवादि जनवादी ब्याबस्था को निर्माण नै हो ।

अब यसको ब्याबहारिक क्रियान्वयन र समाजवाद तर्फ को यात्रा तय गर्न बामपंथि हरू बिच बैचारिक ब्याबहारिक एकता को पनि ऊत्तिकै खाँचो छ ।
विश्व अहिले झनै पुजिंवाद को दलदल मा फसेको छ ।

विश्व का पुजिंपति हरू को सम्पत्ति प्रति बर्ष १३%ले बढी रहँदा निमुखा जनताको आय १% ले पनि बढ्न सकेको छैन ।
विश्व को कुल पुंजि को ७३% सम्पत्ति १% पुजिंपति हरू को हातमा रहेको छ ।
नेपाल पनि यस स्थिति बाट अछुतो छैन ।३० % नेपाली जनता अहिले पनि निरपेक्ष गरिबि को रेखा मुनि बाँच्न बिवस छन् ।
टाट पल्टेका ऊध्योग, बाझा खेत- बारी पलायन को बिवस युवा, बढ्दो बेरोजगारी, जमिन को असमान बितरण, द्धिशासन, र चक्लाबन्दि हाम्रा बास्तविक आन्तरिक समस्या हुन् ।

बिलासिता को नाङ्गो होड, ह्रासोन्मुख संस्कृति, अहं र संकृण सोच बढ्दो आर्थिक बिसमता राष्ट्र को सम्पुर्ण बिकास को लागि चुनौती रहेका छन् ।
छिमेकी मुलुक का बिस्तार बादि नीति, अन्तर्राष्ट्रिय पुंजिबाद र आर्थिक साम्राज्यवादी निति ले पनि हाम्रो जस्तो बिकासोन्मुख मुलुक को बैदेशिक सम्बन्ध र नीति मा शक्ति संचयन र सन्तुलन को लागि नया नया समस्या, चुनौती र अनुकुलता आई नै रहनेछन् ।

यि सबै अवस्थामा कम्युनिष्ट बिचार को साथै नेपाल र नेपाली जनताको हीत लाई सर्वोपरि राखेर अघि बढ्न सकेको खण्डमा नै पार्टी ले सफलता हाथ पार्नेछ ।

नेकपा एमाले ले तत्कालीन अवस्थामा अङ्गीकार गरेको “जनताको बहुदलीय जनवाद” र नेकपा माओवादी केन्द्र को “एक्काईसौ शताब्दीको नया जनवाद ” को समायोजन बाट सफलता र चुनौती को बिश्लेषण गर्दै राष्ट्रिय पुंजि को बिकास र समाजवाद सम्म को यात्रा तय गर्ने निति निर्धारण गर्दै बामपंथि एकता भयको छ ।
संमृद्ध नेपाल निर्माण गर्न ने •क•पा• को फराकिलो बैचारिक बाटो मा सम्पुर्ण पार्टी का सदस्य, बर्गिय संगठन , शुभचिन्तक र जनता हरू एकता बद्ध भयर हिड्दा नै नेपाली समाजले रूपान्तरण को समाजबादि नया अध्याय लेख्न सक्नेछ।
धन्यवाद
**********
लेखक / सूर्य बस्याल
बङ्नासकालि ६पाल्पा बाट

 

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *