सडक बनाउन माग गर्दै जोरपाटीमा व्यङग्यात्मक कवि गोष्ठी, हिलाम्य सडकमा रोपाई

बौद्ध–जोरपाटी–दक्षिणढोका–थली–साँखु सडक खण्डको मर्मत सम्भारका लागि सडक चौडा बनाउने काम शुरु भएको करिव दुई बर्ष हुँदा समेत निर्माण काम पुरा हुन नसक्दा स्थानीय ठूलो मारमा परेका छन् ।

यस सडक खण्डको दुरावस्थाका कारण दैनिक ओहोरदोहोर गर्ने लाखौं जनता तथा स्थानीय प्रताडित भइरहँदा समेत सरोकारवाला कसैले न्यूनतम मानवीय संवेदनशीलतालाई ख्याल गरेका छैनन् ।

यसैबीच चावहिल–जोरपाटी–साँखु सडक खण्ड समयमा निर्माण गर्न सरोकारवाला निकायलाई दबाब दिने उद्येश्यले शुक्रबार जोरपाटी ओरालोमा व्यङग्यात्मक  सडक कबिता बाचन कार्यक्रम गरियो ।

कार्यक्रम अभिनव साहित्य समाज, सुरभी साहित्य प्रतिष्ठान, घुम्ती कबि गोष्ठी, तरेली साहित्य प्रतिष्ठान लगायतको  संयुक्त आयोजना भएको हो । कार्यक्रममा अभिनव साहित्य समाजका अध्यक्ष बेदमणि घिमिरेले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभयो ।

कार्यक्रममा साहित्यकार पूर्ण प्रसाद पन्त ,ओम प्रसाद कोइराला, डा.सुबास प्याकुरेल, बाजुराम पौडेल,  लगायत अन्य कविले  आफ्नो कबिता र गीत मार्फत हिलाम्मे सडक माथि व्यंग्य गर्नु भएको थियो । कवित तथा गीत मार्फत उनीहरुले जनप्रतिनिधि तथा प्रशासन विरुद्ध कडा आक्रोश पोखेका थिए ।

सामाजिक अभियन्ता कुमार राज सुवेदीले चाबहिल, बौद्ध, जोरपाटी ,साँखु सुन्दरीजल सडकको अति दूररावस्थाको बिषयमा नागरिक दवाब अभियान संचालन गरिएको बताउनुभयो ।

पीडित जनताको  धैर्यताको बाँध पनि फुट्नै लागिसकेको अवस्थामा चाँडो सडक निर्माण गर्नको लागि दबाबका अन्य कार्यक्रम अघि ल्याउने समेत सुवेदीले बताउनुभयो ।

वर्षौ बितिसक्दा पनि सडक निर्माण नगरी राज्यले जनतामाथि ठूलो अपराध गरेको सुवेदीको भनाइ थियो । सडकको दुरावस्थाप्रति राज्यको ध्यानाकर्षण गर्न हिलाम्य सडकमा सुवेदीकै नेतृत्वमा रोपाई समेत गरिएको थियो ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *