अलि अलि त देलान कर……नि।

Spread the love
सालीक राम अाचार्य
अलि अलि त देलान कर….. म अचम्मै पर्दै याे अलि अलि भन्ने के हाेला भनेर अाफ्नाे जिज्ञासा पाेख्न के भ्याएकाे थियं लिस्ट हाजिर भयाे यसरी .. वेहुला बाट सुरुवात भयाे बिशेष अाैँठी, कम्तिमा एकताेला सुनकाे सिक्री, बिशेष सुट, सर्ट अन्य कपडाहरु, ल्यापटप, अाई फाेन, घडी सहित यी तमाम समानका साथ याैटा  अाफ्नै छाेरी ज्वाँई चड्ने माेटरकार या माेटर साईकल लगाएत  त देलान कर….. हाम्रो ईज्जत् अनुसारको अलि अलि त देलान कर…..! चारभाई लाई अाैँठी, घडी, कपडा् सहितको झाेला हाम्रो ईज्जत् राख्ने गरि अलि अलि त देलान कर…..! र अज वेहुलाकाे दिदिबहिनीहरु लाई चलेको परम्परा अनुसारको
त देलान कर…..! बिचैमा मैले कुराकाटेँ याे कस्तो खाले दाईजो हाेला के हजुरले यी तमाम समानकाे रुपमा दाईजो माग्नु भयकाे हाेईन त ……? याे सबै लाई दाईजो कहाँ भन्नुभएको याे त शादाहरण हाे हामीले दाईजो कहाँ खाेजेका छाैं र यति त अाफ्नाे ईज्जत् बचाउन जसले पनि गर्छन् !! बिवाहा काे कुरा चलिरहेको थियाे वेहुला  पक्षका काे दाईजो माग्ने तरिका बाट बडाे अचम्मित भएको हुन्छु । याे दाईजो
प्रतेक्ष नमागेर घरकाे सबै परिवारलाई सुन गहना कपडा दिनैपर्ने नत्र दुबै पक्षको ईज्जतै्  नरहने रहेछ कस्तो विडम्बना अजैपनि दाईजो पर्थाले नयाँ रुपमा शिक्षित परिवार लाई नै अन्धाे बनाएको रहेछ । हाम्राे समाजलाई दुर्दशा तिर लैजाने  दाईजो प्रथा माैलाउन लालचि दलालहरु ले नै फस्टाएकाछन । अलिक हुने खाने हरु  ले नै यस्तो लुटकाे ब्यापार गरेका छन, पछिल्लो समयमा भयका दाईजोका लागि भयका वेहुलीहरु काे हत्याका घटनाहरु  ताझा उदाहरणहरु छन जसले हाम्रो समाजमा फस्टाएको दाईजो व्यापारकाे नाङ्गो स्वरुप देखिन्छ । नयाँ नयाँ तरिकाबाट दाईजो लिईन्छ र दिईन्छ तर छाेरि बुहारीहरु लाई दाईजोका नाममा कुटपिट लगाएत प्रता्डीत गर्ने र ज्यानै लिने यश समाजमा सुधारकाे अाशा काे बाट गर्ने  र कसले गर्ने सरकार तथा प्रशासनले कुनै ठाेश कदम चाल्नुपर्ने थियो  तर सकिरहेको छैन । यहाँ कुरामात्र धेरै ठुला ठुला हुन्छन्  राणाशासन, राजतन्त्र, प्रजातन्त्र, बहुदलिय जनवाद,  लाेकतान्त्रीक गणतन्त्र जतिसुकै परिवर्तन भयपनी यो दाईजो प्रथालाई कुनै तन्त्रले छुन सकेन बरु धेरै धेरैलाई  दाईजोका लागि प्राेस्साहान गरेको नै पाईन्छ ।
दाईजोकाे कारणले  अाफ्ना छाेरालाई पडाए लेखाएकाे लगाएत अाफ्नाे सात जना परिवारले पनि खर्च गरेर नसकेको रकम लगाएत सर समानकाे माग गरेेर नयाँ नयाँ तरिकाबाट छाेरी पक्षलाई पिडा दिएको छ । हाम्रो ईज्जत् राख्ने गरि अलि अलि त देलान कर…..! भन्ने साेच परिवर्तन गर्नका लागि के  हामि सबैले मिलेर दाईजोका लाेभिहरु लाई नङ्गाउन सकिदैन र हामीले अब अबेर नगरी सबै  लाग्नुपर्छ ।
सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *