नयाँ जोश र जागरका साथ सुरु भयो प्रवास खबर

                      उदाउँछन र बिलाउँछन अनलाईन अजभोली । यसका बिभिन्न कारणहरु हुन सक्लान, उदाउँनुको एउटा स्पष्ट कारण छ, नयाँ जोश र जागर अनि देखासेखी । सामाजीक संन्चालको प्रभाब । कति खेर बिलाउँछन पतै हुन्न ।
हामीले पनि प्रवास खबर सन्चालन गरेका थियौँ दुरो देश ओमानको मस्कट शहरबाट । सययको गति संगै यो अगाडी बढ्दै गयो ,देश बिदेशमा संवादाताहरु नियुक्त गरीयो । प्रवासी नेपालीहरुको पिर मर्कालाई बुझ्दै उनिहरु संग भलाकुसारी गर्दै अगाडी बढेको यो अनलाईन बिचैमा रोकिन पुगेको जगजाहेर नै छ । देश बिदेशबात यसलाई निरन्तता दिनका लागी अनुरोध आए । केहि समयको लागी बन्द भएको यो अनलाईन तपाईरुको माया र ममताले फेरी उदाएको छ नयाँ जोश र जागरका साथ । सत्य र तथ्य समाचार सम्प्रेषण गरी अनलाईन पत्रकारीतालाई ब्ययसायिक बनाउँदै अनि प्रवासी नेपालीहरु संग सहकार्य गर्दै अब यो अनलाईन निरन्तर चल्ने छ ।
आजभोलीको परीवेशलाई नियाल्ने हो भने अनलाईन भन्दा प्रभाबकारी सन्चार माध्यन अरु हुन सक्दैन । देश बिदेशमा आफ्ना प्रतिनिधीहरु राखी पत्रकारीताको आचार संहितालाई ध्यानमा राखी अनि गरीब, निमुखा, पिछडीएका हरुको समाचार, बिदेशमा अलपत्र पर्नेहरुको कथा,ठग दलालहरुको भण्डाफोर ,नयाँ प्रतिभाको खोजी गर्दै पलपलको समाचार अपडेट गरी अगाडी बढ्ने हाम्रो प्रतिबद्धता हो । झट हेर्दा बिदेशमा बस्ने नेपालीहरुमा केन्द्रित देखिन्छ यो अनलाईन तर नेपालमा भएका घट्ना क्रमहरुलाई पनि हामी पल पल अपडेट गर्ने छौँ । प्रबासमा छरीएर रहेका हरेक सामाजीक संघ संस्थाहरु,उध्योगपतिहरु, मजदुर बर्गहरु हाम्रा समाचाका स्रोत हुने छ । प्रवास आफै नराम्रो होईन, अबसर र चुनौति दुबै छन प्रवासमा । त्यहाँ बिदेश भन्ने बितिकै पिडा भोग्ने ठाउँ भनेर हामी नामाकरण गर्न चाहदैनौ बिदेशलाई । यसको अर्थ यो होईन कि बिदेश नै नेपाली युवाहरुले रोज्नु पर्छ । उनिहरुलाई बिदेश जान उस्काउँने काम पनि हामीबाट हुदैन । तर त्यहाँ हुन सक्ने अबसरहरुको खोजी गछौँ हामी । दुखै दुखका कथा खोलल्दैनौँ हामी ।

मान र सम्मानले बिदेशमा रमाएकाहरुको कथा पनि काछौँ हामी । प्रवासमा बिबिध कारणले कुलतमा फसेका, परिवारको ईच्छा आंकाक्षाहरुहरुको अलिकति पनि कदर नगरी आफै रमाएका युवा पुस्ताहरुलाई सजग गराउँनु पनि हाम्रो कर्तब्य सम्झेका छौ हामीले । हाम्रो टिमले मात्रै यो काम गर्न सम्भब देखिदैन त्यसैले तपाई जहाँ हुनुहु्न्छ त्यहाँको खबर हामीलाई दिएर यो अनलाईनलाई माथी उकास्न तपाइले अमुल्य सहयोग गरीदिनु हुने छ भन्ने हामीले अपेक्षा राखेका छौँ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *