रिता शर्मा-मस्कट । देख्दा अपत्यारिलो लाग्ने, कुनै सपना त देखि रहेको छैन , हामि जस्तो सामान्य मानिस ले एकैपटक दुवै हातले लेखेको , त्यस माथि एकै पटक दुवै हातले अनि उल्टो पनि , अझ भएन भनेर कुइनो ,मुख र खुट्टा ले पनि। वहा ले बडो आनन्द का साथ लेखी रहनु भयो र हामी दगं परेर हेरी रह्यो।
देख्दा अपत्यारिलो लाग्ने यो कुरा अझ कसैलाइ सुनाउदा त झन विश्वास पो नगर्ने हुन कि जस्तो लाग्यो। तर यो कुरा साँचो हो।  सुदुर पश्चिम को बैतडी मा जन्मिएका मनोज चन्द अहिले गैर आवासीय नेपाली संघ ओमन र नेपाली दुतावास मस्कट को निमन्त्रणा मा ओमान मा छन।
यहि शुक्रबार मनोज चन्द ले नेपाली दुतावास प्रागंण मा आफ्नो प्रस्तुती ले उपस्थित नेपाली दर्शक लाइ मन्त्रमुग्ध बनाएका थिए। कार्यक्रम मा ओमान का लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल , NRN-ICC का सचिव डि.बी. छेत्री लगायत अन्य गन्यमान्य व्यक्ति हरु को उपस्थित थियो।
हाम्रो प्रवास खबर टिम सगं कुरा गर्दै बहुप्रतिभाशाली मनोज चन्द ले बताए कि उनी ९ क्लास मा पड्दा खेरी बाट दुई हात ले लेख्ने प्रयास थाले र पछि क्रमशः उल्टो ,मुखले र खुट्टा ले पनि लेख्न थाले।
सामान्य परिवारमा जन्मेका मनोज आफ्नो बुवा आमा का जेठा सन्तान हुन्। पोखरा विश्वविद्यालय बाट IT मा बेचलर गरेका मनोज ले त्रिभुवन विश्वविद्यालयबाट बाट सोसीयोलोजी मा मास्टर गरेका छन्।
उनले अहिलेसम्म नेपाल का लगभग ७० वटा जिल्लाहरू मा र १० –१२ जति बिदेशी मुलुक मा आफ्नो प्रस्तुती दिइ सकेका छन।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *