लछ्मण छेत्री-गोर्खा । सिरानचोक गाउँ पालिका वडा नम्बर ७ तल्लो गोहोर का एक परिवार शौचालय मा रात बिताउन बाध्य छन्। भुकम्प ले घर भत्काएपछि बासले बारेर बनाएको अस्थायी टहरामा बसेको दलबहादुर बि.क. को छोरा छोरी लामो समय देखि शौचालय मा बस्ने गरेका छन्। रेडक्रस सोसाइटी ले बनाएको शौचालय को प्यान मा बुजो लगाएर उनिहरु लस्करै सुत्छन्। दलबहादुर र उनकी श्रीमती भने भत्किएको टहरामा गुजारा चलाउन बाध्य छन्। टहरा भित्र कुलो काटिएको छ पानि आएपछि टहरा भित्रै पस्छ,छाना समेत चुहिने भइसकेको छ।

दलबहादुर बिक र बिमला बि. क.  का आफ्ना पाँच सन्तान सहित ओत  लाग्ने घर हो यो । दलबहादुर बिक बोल्न खोज्छन तर आवाज स्पष्ट निकाल्न सक्दैन अस्वस्थ छन उनी , बिमला बिक अर्धचेत अबस्थामा बाचिरहेकी छ्न  ५ सन्तान (४ जना स्कुल जने उमेरका अनि १ जना दुध खादै गरेको)  सहित ।

“खाना छैन,लगाउने कपडा र बर्षामा पानी छेक्ने उचित बास छैन ।कम्सेकम यी साना बालबालिकालाई मात्र भएपनि कतै ब्यवस्थापन गर्न सके ठुलो राहत हुने थियो ।यसरी जानकारि प्राप्त भए पछि घर बनाउने अभियान सुरु भयो ।घर बनाउन थालियो रकम अभाव भयो “। वर्षा ढकाल ले प्रवास खबर लाइ जानकारी गराउनु भयो “म यो मामिलामा खुसी छु दलबहादुर बि क को घर बन्दै छ तर रकम अभाव छ तर सहयोग आउँछ भन्ने बिस्वास छ ।सहयोग गर्नुभएको सम्पुर्ण विवरण घरमा राखिने छ ।यो निस्वार्थ अभियान हो ।मन्दिर जानुप्रदैन l सौचालयमा जिबन बिताइरहेका दलबहादुर बि क को सन्तान को जिबन स्थर उकास्ने र आर्थिक अबस्था निकै कमजोरी को कारण ले ब्यबहारिसे अबस्थामा रहेको र पुरा गर्न नसकेको घर लाइ निरन्तरता दिने हाम्रो अभियान मा  तपाईं पनि  सहयोग गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला ।” वहा ले थप्नु भयो ।

सहयोग गर्न चाहने जो कोही ले तलको नम्बर मा सम्पर्क गरी नगद वा जिन्सी सामग्री उपलब्ध गराउन सकिन्छ।

वर्षा ढकाल 9840152712
बलराम ढकाल 9845140782
रन बहादुर बसेल 9827127430

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *