युवा पत्रकार अनुपा को मृत्यु ।

 

चन्द्र कला आचार्य-बाके।  युवा पत्रकार अनुपा सिंह राजवंशीको मृत्यू सम्बन्धमा पत्रकार महासंघ बाँके शाखाले चासो देखाएको छ ।

रेडियो हुँदै टेलिभिजन पत्रकारितामा सक्रिय अनुपाको सोमबार राती नेपालगन्जको सुर्खेतरोडमा रहेको होटल सिग्नेट इन कृष्णामा नाच्ने क्रममा असामयिक निधन भएको थियो ।

घटनामा पत्रकार महासंघ बाँके शाखाले चासो देखाउदै मंगलबार बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीलाई भेटेर घटनाको निपष्क्ष छानबिन गर्न आग्रह गरेको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुरसिङ थारुको नेतृत्वमा गएको टोलिले सिडियोलाई घटनाको निपष्क्ष छानबिन गर्न आग्रह गरेको हो ।

स्थानीय खजुरा गाउँपालिका निवासी २४ वर्षीया पत्रकार राजवंशी नेपालगञ्जस्थित टेलिभिजन र रेडियोमा समाचार वाचन गर्नुहुन्थ्यो ।

महासंघका अध्यक्ष थारुले पत्रकार अनुपाको निधनप्रति आफुहरु स्तब्ध बनेको भन्दै मृत्यूको निपष्क्ष रुपमा छानबिन गर्नुपर्ने बताए । सिडियो केसीले पत्रकार अनुपाको निधनले आफुलाई दुखी बनाएको भन्दै घटनाको निपष्क्ष रुपमा छानविन गरिने प्रतिबद्वता जनाए ।

प्रहरीले मृतक पत्रकार सिंहको शव आजै परीक्षण गर्न भेरी अञ्चल अस्पताल पठाएको छ भने घटनाबारे अनुसन्धान पनि शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले घटनाबारे अनुसन्धान भइरहेको र परीक्षणपछि पत्रकार राजवंशीको शव आफन्तलाई बुझाइने छ भन्नुभयो ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *