भारतले नेपाललाई तीन स्थानबाट दुई तर्फी एयर रुट दिने भएको छ । योसँगै भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने विमानले अब सिमराबाट मात्रै प्रवेश पाउने बाध्यताबाट छुट्कारा पाउने भएका छन् । अन्तर्राष्ट्रिय उडानका लागि नेपाललाई थप प्रवेशमार्ग उपलब्ध गराउन नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको विमानस्थल प्राधिकरणकाबीच प्राविधिकहरुको राजधानीमा गत बिहीबार देखि चलेको दुईदिने वार्तापछि आज सहमति पत्रमा हस्ताक्षर भएको हो ।

यो सहमति पछि अब नेपालगञ्ज पश्चिमका धनगढी र सुर्खेतका लागि भारतको दिल्ली लगायत क्षेत्रीय सहरको उडानका लागि बाटो खुला भएको छ । यस्तै नेपालले पूर्वमा विराटनगर र जनकपुरबाट प्रवेश हुने विन्दु पनि दुईतर्फी हुने भएको छ । ‘दुवै पक्षबीच भएको सहमति अनुसार नेपालले पूर्वमा विराटनगर र जनकपुरबाट प्रवेश विन्दुका लागि काठमाडौंदेखि विराटनगर र काठमाडौंदेखि जनकपुरबीचको हवाईलाई दुई तर्फी बनाउने र दुबै पक्ष बसी सोको उडान सुरक्षा मूल्यांकनको आधारमा सो रुटहरुबाट वायुयान नेपाल प्रवेश गर्न सक्ने, प्राधिकरणद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । पूर्वी सहरहरुबाट पनि भारतीय प्रान्त तथा क्षेत्रीय सहरमा उडानका लागि बाटो खुलेको छ । यस्तै निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थलहरु भैरहवास्थित गौतमबुद्ध, पोखरा र निगगढ विमानस्थलहरुमा बढी उचाईमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुयानले पश्चिममा नेपालगञ्ंज र महेन्द्रनगरबाट प्रवेश गर्न पाउने भएका छन् । तर यसबारे भारतीय पक्षले सन् २०१८ सेप्टेम्बरभित्र विस्तृत प्राविधिक मूल्यांकन कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । यो कार्य सम्पन्न भएपछी नयाँ विमानस्थलहरुको हवाई बाटो खुल्ने छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *