पेट्रोलियम पदार्थको मूल्य बृद्धि को बिरोध मा नेबिसंघ द्वारा बिरोध।

चन्द्र कला आचार्य-बाके  प्रतिपक्ष दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्य बृद्धिको विरोधमा बाँकेको कोहलपुरमा मसाल जुलुस निकालेको छ ।

सरकारले बारम्बार पेट्रोलियम पदार्थको मुल्य बृद्धि गर्दा उपभोक्ताको ब्ययभार बढ्दै गएको भन्दै नेपाल विद्यार्थी संघले बिरोध स्वरुप कोहलपुर मंगलबार साझ मसाल जुलुस निकालेको हो । विद्यार्थी तथा युवाहरुले मुख्य सडकमा नै मसाल जुलुस निकाल्दा भने प्रहरीको कुनै उपस्थिती भने थिएन ।

नेविसंघले तत्काल मुल्य बृद्धि फिर्ता लिन सरकारसँग माग समेत गरेको छ । केहीदिनअघि नेपालगन्जमा नेविसंघले निकालेको मसाल जुलुसमा भने प्रहरीले हस्तक्षेप गरेर असफल पारिदिएको थियो

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *