ओमान को सलालह शहर मा २ नेपाली युवा ले सन्चालन गरे सुपर मार्केट।

 

खाडी मुलुक ओमनको दक्षिणी क्षेत्र सललाहमा नेपाली युवाको लगानीमा सुपर-मार्केट संचालनमा आएको को छ । ओमनमा नेपालीले संचालन गरेको यो पहिलो सुपर- मार्केट हो । अहिलेसम्म नेपालीहरुले ओमनमा रेस्टुरेन्ट ,हार्डवेयर पसल,मेनपावर कम्पनी ,ब्युटीपार्लर लगायतका ब्यवसाय गर्दै आएका थिए । कमर्सियल सुपर-मार्केट नाम रहेको उक्त सुपर मार्केटको हिंजो सोमबार उदघाटन गरिएको थियो।

नवलपरासी देवचुली नगरपालिका ४ दुमकौलिका डिबि रानाभाट र देवचुली नगरपालिका १ केउरानिका ऋषिराम शर्मा मिलेर करिब ६५ लाखको लगानीमा उक्त सुपर- मार्केट संचालनमा ल्याएका हुन् । यो सुपर- मार्केटमा घरायसी , खाद्यन,कस्मेटिक,ईलेक्टोनिक ,बच्चाका खेलौना लगायतका सामानहरु गाह्रकले किन्न पाउनेछन् । सललाह क्षेत्रमा करिव ८ हजार भन्दा बढी नेपाली कार्यरत रहेका छन् । संचालक डिवि राना भाटका अनुसार नेपालीहरु लाई पनि धेरै लक्षित गर्ने योजना छ ।

अहिले सुपर – मार्केटमा मिलेर लगानी गरेका डिबि रानाभाटले ३ वर्ष अगाडि देखी ब्युटि पार्लर पनि संचालन गर्दै आएका थिए । उनको पार्लर श्रीमतिले हेर्न गर्छिन् ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *