कोहलपुर मा छात्रा हरुको क्रिकेट प्रतियोगिता शुरु ।।

चन्द्रकला आचार्य ।  कोहलपुरमा शनिबारबाट उप–मेयर छात्रा क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको एक कार्यक्रमका बिच जिल्ला शिक्षा समन्वय समिती बाँकेका प्रमुख गोर्ख बहादुर थापा र कोहलपुर नगरपालिकाकी उप–प्रमुख सन्जु कुमारी चौधरीले सयुक्त रुपमा उद्घाटन गरे ।

समितिका प्रमुखले फालेको बललाई ब्याटले हिर्काएर उप–प्रमुख चौधरीले प्रतियोगिताको सुभारम्भ गरेकी थिईन ।  “छात्रा क्रिकेट हाम्रो सान, कोहलपुरको सान” भन्ने नाराका साथ कोहलपुर नगरपालिकाको आयोजनामा प्रतियोगिता सूरु भएको हो ।

जिल्ला शिक्षा समन्वय समिति बाँकेका प्रमुख थापाले कोहलपुर नगर छात्रा क्रिकेटका लागी उर्बर भुमि भएको र यस क्षेत्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन भईसकेको भन्दै खुसी व्यक्त गरे ।

प्रतियोगिताको विजेताले ट्रफीसँगै नगद २१ हजार र उपबिजेताले १० हजार ५ सय रुपौयाँ प्राप्त गर्नेछन् । शनिबार भएको पहिलो खेलमा त्रिभुवन माध्यामिक विद्यालय विजयी भएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको वागेश्वरी एकेडेमी कोहलपुरले निर्धारित १५ ओभरमा ६८ रन जोड्न सफल भएको थियो । ६८ रनको झिनो लक्ष्य पछ्याएको त्रिभुवनले मात्र ७ दशमलव ३ ओभरमै लक्ष्य पुरा गरेको
थियो ।

  1. प्रतियोगितामा नगरभित्र संचालनमा रहेका १२ वटा विद्यालयका छात्रा टिमको सहभागीता रहेको आयोजकले जनाएको छ । नगरपालिकाले छात्राहरुलाई खेल प्रति आकर्षित गर्न प्रतियोगिता संचालन गरेको उप–प्रमुख सन्जुकुमारी चौधरीले बताईन।
सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *