गजल – दिल प्र.

[ गजल ]

उसले छाडेर गएपछी शान्त मन बनाएको हु
पत्थरको मुटु र बेलुनको धड्कन बनाएको हु

गरीब भएकै कारण हेप्ने गर्थ्यो समाजले पनि
भारी बोकेरै त्यो घर त्यो आंगन बनाएको हु

खाने चिज थिएन बस्ने कुनै ठेगान थिएन मेरो
पैसा नभएरै दाजुभाईको बिघटन बनाएको हु

आसुको सागरमा पसिनाको भल बगाउदै म
यी औला छिनो र पाखुरा घन बनाएको हु

सहारा दिन सकिन र मेरी आमा खस्नु भो
सिरकको छेउलो च्यातेर कफन बनाएको हु

दिल प्रसाद पौडेल
बाग्लुङ राङ्खानी
हाल मस्कट, ओमान ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *