कृष्ण के.सि. ।  सुदुर पश्चिम को कैलाली जिल्लाको एउटा सानो सहर सुख्खड , त्यहि सुख्खड मा जहाँ साधारण परिवार मा जन्मेका दिपेन्द्र ओली को सानो गला मा मानौ सब नेता, राजनेता, कलाकार देखि जनावर हरूको बास छ। हजुर सुन्दा बिस्वास नलाग्न सक्छ तर यो सत्य हो उनले बर्तमान प्रधानमन्त्रि केपि ओलि, आधा दर्जन पुर्व प्रधानमन्त्री , वर्तमान राष्ट्रपति तथा कैंयौं लोकप्रिय हास्य कलाकार हरु को हुबहु आवाज निकाल्ने गरेका छन्।
यति मात्र होइन उनले मादल, गितार लगायत अन्य सागिंतिक बाजा को पनि हुवहु आवाज निकालेर सबै लाइ चकित पार्छन।
१६ बसन्त पार गरि १७ बसन्त मा लागेका दिपेन्द्र ओली हुनत बल्ल ११ क्लास को पढाई गर्दै छन। “तर पढाइ र आफ्नो कला लाइ कसरि संग सगै साथमा लिएर अघि बढ्नु भएको छ?” भन्ने हाम्रो प्रश्न को जवाफ दिदै उनले भने शिक्षक तथा पारिवारिक सहयोग सुरुमा नरहे पनि पछिल्लो समयमा सहयोग रहेको बताएम्म्।
नेपाल को लगभग २० देखि २२ जिल्लामा आफ्नो कार्यक्रम प्रस्तुत गरिसकेका दिपेन्द्र ओली को लागि पछिल्लो समयमा डोटी को जोरायल महोत्सव निकै खास र महत्वपूर्ण रहेको छ उक्त कार्यक्रम मा महानायक राजेश हमाल सँग दिपेन्द्र ओली ले मन्च साझा गरेका थिए।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *