ओमानमा पनि मनाइयो बुद्ध जयन्ती !

रिता शर्मा -मस्कट/ नेपाल तामाङ समाज ओमान तथा बुद्ध भिजन ओमानको संयुक्त आयोजनामा र नेपाल दूतावास को संयोजकत्वमा त्यसै गरि तमु समाज ओमानको सहयोगमा २५६२ औं बुद्ध जन्म जयन्तीको शुभ अवसरमा पुजा पाठ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन भयो।

लामा गुरु दावा सङ्बो लामा बाट पुजा पाठ बाट सुरु भएको उक्त कार्यक्रममा ओमानमा रहेका संघ सस्था तथा ओमानमा रहेका नेपालहरुको उपस्थित रहेको थियो। कार्यक्रमका प्रमुख अतिथी कार्यबाहक राजदूत रोजिना ताम्राकार रहेको थियो त्यसै गरि बिशेष अतिथिमा गैर आवासीय नेपाली संघ का केन्द्रिय सचीव डिबि क्षेत्री रहेको कार्यक्रममा ओमानमा रहेका संघ सस्थाका प्रतिनिधि हरु को उपस्थिति रहेको उक्त कार्यक्रम को सचाँलन तामाङ समाजका उपाध्यक्ष बिनोद बल तामाङ ( बिरोज)ले गरेका थिए, त्यसै गरि तामाङ समाजका महासचिव तेजबहादुर तामाङले स्वागत तथा शुभकामना मन्तव्य राख्नु भएको थियो र लामा गुरु दावा तामाङले बुद्धको उपदेश सुनाउनु भएको थियो ,त्यसै गरि कार्यबाहक राजदूत रोजिना ताम्राकारले बुद्ध बिचारलाई अत्म साथ गरेर अगाडि बढ्यो भने समाज परिवर्तन हुन त्यति धेरै समय नलाग्नेभन्दै उपस्थित सम्पूर्ण लाइ बुध्द जयन्ती को शुभकामना दिनु भएको थियो।

सो कार्यक्रममा उपस्थित महानुभाबहरुले १०८ दीप प्रजोलन गर्नुका साथै बुद्ध र बुद्ध बचन सम्झी ध्यान पनि गरेका थि
ओमानमा कृयासिल संघ सस्थाका अध्यक्षहरुले शुभकामना दिनु भएको थियो भने कार्यक्रमको अन्त्यमा उक्त कार्यक्रममा सभापति बुद्ध भिजन ओमन का सल्लाहकार ओमकार तामाङ ले बुद्ध जयन्तीको शुभ अवसरमा शुभकामना दिदै ,सो कार्यक्रम उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रम सम्पन्न गर्नु भो।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *