एनआरएनए क्यानाडाका महासचिव भट्टराईलाई अख्तियारी दुरुपयोगको आरोप

एनआरएनए क्यानाडाका महासचिव भट्टराईलाई अख्तियारी दुरुपयोगको आरोप

क्यानडा । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) क्यानडाले आफ्नै महासचिव पिताम्बर भट्टराईलाई अख्तिायारी दुरुपयोग गरेको आरोप लगाएको छ । संघका अध्यक्ष चिरनजीवी घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा महासचिव भट्टराईले अख्तिायारी दुरुपयोग गरेको जनाइएको छ ।

भट्टराईलाई संस्थाको निर्णयबिना एकलौटी ढंगले प्रेस विज्ञप्ति जारी गरेको आरोप लगाइएको छ ।महासचिव भट्टराईले यसअघि २१ फेब्रुअरीमा एनआरएनए क्यानाडको बैठकको निणर्य भन्दै प्रेस विज्ञप्ति जारी गरेका थिए । तर, महासचिवले जारी गरेको उक्त प्रेस विज्ञप्तीबारे आफूहरु अनविज्ञ रहेको अध्यक्ष घिमिरेले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

महासचिव भट्टराईले जारी गरेको विज्ञप्ती बोर्ड र अध्यक्षको सहमति तथा विधान विपरित भएको जनाइएको छ ।संघले उक्त विषयमा २३ फेब्रुअरीमा बोर्डको बैठक राखेको पनि जानकारी गराइएको छ । बैठकमा उपस्थित दुइ तिहाई सदस्यहरुले सो विज्ञप्तीलाई अवैधानिक घोषणा गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

महासचिव भट्टरार्ईले जारी गरेको प्रेस विज्ञप्तिमा एनआरएनए क्यानडा ससर्त निर्वाचन प्रणालीमा जाने तयारीमा रहेको र त्यसका लागि ५ सदस्यीय समिति बनाइ प्रतिवेदन तयार पार्ने विषयमा निर्णय भएको बताइएको थियो ।

तर, संघले उक्त निणर्यलाई कपोकल्पित र तथ्यहिन भएको भन्दै महासचिवले जारी गरेको विज्ञप्ती लिएर भ्रममा नपर्न आग्रह समेत गरेको छ।

निर्वाचनको सन्दर्भमा एनआरएनए क्यानडाको १३औँ वार्षिक साधारणसभामा छलफल भएको र एनआरएनए क्यानडाका अभियन्ता केदार बस्नेतसहित ५ सदस्यीय अध्ययन कार्यदल बनाएको छ । निर्वाचनको विषयमा कुनैपनि विज्ञप्ती जारी नगरेको संघले जनाएको छ ।