कुवेतमा कहाँ हराए लक्ष्मी शाह ?

कुवेतमा कहाँ हराए लक्ष्मी शाह ?

कुवेत । झण्डै दुई महिना भयो,कुवेतमा कार्यरत लक्ष्मी शाह हराएको । शाह विगत ८ बर्षदेखि नेपाली युवाको राम्रो रोजगारी गन्तब्य मानिएको कुवेतमा कार्यरत थिए ।

सप्तरीको बोदेबसाइन नगारपालिकास्थित खुमगडाका शाह यहाँको अल सामसिय कम्पनीमा कार्यरत थिए । गत १९ नोभेम्बर २०२० देखि शाह हराइरहेका हुन । उनीसँगै कुवेतमा एउटै कोठामा बस्ने र गाउँमा पनि छिमेकी रहेका तथा एउटै कम्पनीमा कार्यरत भागवत शाहका अनुसार,फरवानियास्थित कम्पनीको काम सकेर क्याम्पमा फर्केपछि साँझपख तरकारी लिन निस्किएकोमा शाह त्यसपछि कोठामा फर्किएका छैनन । यो समाचार लेख्दासम्म पनि उनी सम्पर्कविहिन अवस्थामा छन् ।

शाहका साथी भागवतका अनुसार उनी काम सकेर साँझपख कोठामा फर्किदा शाहलाई नभेटेपछि फोन गर्दा रिङ गएपनि उठेन । काम गर्न जाने समयसम्म पनि नआएपछि आफुले कम्पनीमा खबर गरेको उनको भनाइ छ । २० नोभेम्बर विहानसम्म पनि शाहको मोबाइलमा रिङ गइरहेको थियो । त्यसपछि भने फोन स्वीच अफ भएको भागवतको भनाइ छ । उनले कम्पनी र दूतावासमा समेत जानकारी दिएपनि अहिलेसम्म शाह फेला पर्न नसकेको बताए।

दूतावासमार्फत शाहको परिवारले उनलाई खोजिदिन आग्रह गरेका छन् । दूतावासले पनि शाह कार्यरत कम्पनीलाई उनको स्थितीबारे बुझिदिन अनुरोध गरेको जनाएको छ । दूतावासले स्थानीय अस्पताल तथा प्रहरी निकायमा पनि सोधखोज गरेको बताएको छ ।

यदि कसैले शाहका बारेमा जानकारी पाएमा उनका साथी भागवतको ह्वाटस एप नम्बर ००९६५६५८३८७९७ वा नेपालमा रहेका उनका आफ्न्त युवानन्द शाह ००९७७९८६२२६८०२५ अथवा कुवेतस्थित नेपाली दूतावासमा सम्पर्क गरिदिन उनका आफन्तले अनुरोध गरेका छन् ।