कतारमा ब्यबसाय शुरु गरि सपना साकार पार्दै नेपाली चेली : रेणु कार्की

Spread the love
सामान्य कामदारको रुपमा सन २०१३ मा कतार छिरेकी नेपाली चेली रेणु कार्किले आफ्नै लेडिज एन्ड जेन्ट्स टेलर सेन्टर ब्यबसाय शुरुवात गरि आफ्नो लामो संघर्ष पछिको सफलता प्राप्त गर्दैछिन।
नेपाली युवा ब्यबसायी रेणु कार्कीले दोहा नजिकै सनैया जाने सल्वा रोडमा अवस्थित सेल प्लाजामा लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरको उद्घाटन गरि नेपाली पोषाकहरु,दौरा सुरुवाल,कोट, पाईन्ट, लेङ्गाचोली,विभिन्न किसिमका युनिफर्महरु, कार्यक्रम हरुको लागी अर्डर अनुसारका कपडा उत्पादन गरिरहेकी छिन।
लाखौ रुपैयाँ लगानी गरि मनभरी हजारौ सपना,थाप्लोभरी साहुको ॠण बोकेर घरबाट बिदा हुँदै सामान्य कामदारको रुपमा कतार हिडेकी पूर्व झापा सान्ती नगर माइति घर भैई रोङ नगरपालिका इलामकि स्थायी बासिन्दा रेणु कार्कीले प्रबासी भुमी कतारमा अहिले आफ्नै ब्यबसाय गरि बसेकी छिन । सोचे जस्तो काम र भने जस्तो दाम नपाए पश्चात् पारिबारिक आर्थीक अवस्था कम्जोर भएकै कारण नेपाल देखी गएकै कम्पनिमा निरन्तर लामो समय ब्यतित गरेकी थिइन। समय बित्दै गयो, आफुले काम गर्दै गरेको कम्पनिको अवस्था अलि कम्जोर बन्दै गए पछी सयौ नेपाली महिला दिदिबहिनी हरुले जस्तै आफुले पनि गर्दै आएको जागिर छोड्नुपरेको उनले बताउछिन।
आफ्नो रोजिरोटी नै टुटेपछी आत्मवल दरिलो बनाउदै आफ्नै सानो लगानीबाट ब्यबसाय सुरु गरेको र जस्ले गर्दा तीन जना कामदारलाई रोजगारी दिन समेत सक्षम रहेको बताउछिन। नेपालबाट स्वदेशी सामानको आयात गर्दै नेपाली पोषाक सहित नेपाली मौलिक परम्परा झल्काउनुका साथै बिस्वभरी नेपाली पोषाक प्रबर्द्धनमा अहम भुमिका रहेको छ ।उनको ब्यबसाय लेडिज एन्ड जेन्ट्स टेलर सेन्टरमा पुग्दा नेपाल को कुनै महल मा पुगेको अनुभुती हुने गर्दछ।आफ्नै देशको कुनै क्षेत्रमा पुगेको महसुस हुने गर्दछ।
 
सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *