विनायक सिद्ध कलेजद्वारा अनलाइन एस.ई.ई करियर काउन्सिलिङ कार्यक्रमको आयोजना हुने

Spread the love

कोभिड -१९ लाई मध्येनजर गर्दै विनायक सिद्ध कलेज चाबहिलले अनलाईन एस.ई.ई करिएर काउन्सिलिङ कार्यक्रम यहि आउदो असार २० गते गर्ने भएको छ।

मुलुक यतिबेला कोरोना भाइरस covid-19 को कारण बिपतमा परेको छ । सम्पूर्ण शैक्षिक संघ-सस्थाहरू प्राय बन्द अवस्थामा रहेका छन् । शिक्षण पेशागत शिक्षक तथा कर्मचारीहरू काम बिहिन बनेका छन्। हजारौं विद्यार्थीहरूको पठनपाठनमा समस्या आएको छ ।
“ शिक्षाको क्षेत्रबाट समाजको परिबर्तनको बृहत् परिकल्पना” सहित अघि बढिरहेको बिनायक सिद्ध कलेज (VS-college) चाबहिलले भने अव “अनलाइन एस.ई.ई. करियर काउन्सिलिङ कार्यक्रम”को आयोजना गर्ने भएको छ ।

यहि आउने शनिवार असार २० गतेदेखि अनलाइन “जुम एप्लिकेसन ” मार्फत सुचारु हुने कार्यक्रमको मुख्य उदेस्य भनेको एस.ई.ई पश्चात् कक्षा ११ को अध्यनको लागि विद्यार्थीलाइ कुन बिषय छनोट गर्ने र कुन बिषय पढ्दा आफ्नो उदेस्य पुरा हुन्छ भन्ने प्रश्नहरुले सताएको बेला बिभिन्न विशेषज्ञहरुका साथै उत्प्रेरक वक्ताहरुले विविध बिषयमा जानकारि दिने कार्यक्रम रहेको कलेजका संचालक प्रमुख रामकृष्ण सिम्खडाले बताए ।

उक्त कार्यक्रममा देशभर कक्षा ११ मा अध्यनका लागि तयारीमा रहेका विद्यार्थीहरू सहभागी हुन पाउने पनि प्रमुख सिम्खडाले जानकारी गराए ।कार्यक्रममा चर्चित प्रखर वक्ता रमेश प्रसाई,नेपालको पहिलो कमेडी च्यामपियन बिजेता हिमेश पन्त,कलाकार पवन खतिवडा(म्याकुरी ) बैंकर मनोज ज्ञवाली, उत्प्रेरक वक्ता प्रितम पौडेल र अन्य बिभिन्न बिषय वक्ताहरुले समेत आफ्नो भनाई राख्ने कार्यक्रम रहेको छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *