नेपाली जनसम्पर्क समिति ओमान द्वारा कोरोना संकट समाधान को लागि नेपाल सरकार लाई ।माग र सुझाव पत्र दिदै दुतावास को पहल प्रति खुशी ब्याक्त


नेपाली जनसम्पर्क समिति ओमानले हिजो नेपाली दूतावास ओमानका लागि महामहिम राजदूत श्रीमति शर्मिला पराजुली ढकाल ज्यू लाई उहाँको कार्यकक्ष मस्कटमा नेपाली जनसम्पर्क समितीका पदाधिकारी हरुले भेटि महामहिम राजदूत ज्यु र दूतावास परिवारले ओमान मा रहेका पीडित नेपाली हरुको उद्दारमा देखाउनु भएको सराहनीय कार्य र नेपाल सरकारले तोकेको हवाई भाडादर भन्दा सस्तोमा हवाई टिकट पीडित नेपालीहरु लाई उपलब्ध गराउनु भइ ओमान बासी नेपालीहरुको मन मुटु बस्न सफल हुनु भएको मा उहाँले नेपालीहरुका निम्ति गर्नु भएको कार्यको ससम्मान गर्दै धन्यवाद दिएको छ ।

समिति ले महामहिम राजदूत मार्फत देश कासम्माननिय प्रधानमन्त्री के.पि शर्मा ओलि ज्यु लाई ज्ञापन-पत्र बुझाएको छ। नेपाली कांग्रेस केन्द्रिय कार्यालय को परिपत्र अनुसार मिति २०७७ असार २ गतेका दिन देशै भरिका जिल्ला सभापति हरुले जिल्ला प्रशासन कार्यालयमा र बिश्व भरी स्थापित भातृ संगठन नेपाली जनसम्पर्क समिती मार्फत सम्बन्धित देशको दूतावास हरुमा वर्तमान सरकारले गरेका जनभावना बिपरितका कार्यहरुको भण्डाफोर गर्ने जनाएको छ।

कोरोना भाइरस (covid-19) को महामारीमा स्वास्थ्य जस्तो संबेदनसिल क्षेत्रमा अपनाएको अस्पष्ट स्वस्थ्य निति,बिना मापदण्डका कोरेनटाइन,बिदेशमा अलपत्र परेका नेपाली पीडितहरु लाई उद्दार गरि स्वदेश फर्काउन देखाएको लाचारि र गैरजिम्मेवारिपन,भ्रस्टाचार, अनियमिततामा सरकारमा रहेका जिम्मेवार ब्यक्तिहरु नै लिप्त रहेको जस्ता कार्यले गर्दा देश बिदेशमा रहेका आम नेपाली नागरिकहरु असन्तुष्टि भएका र अन्य विविध सुझावका विषयहरु समेटि ध्यानाकर्षणका लागि ज्ञापन-पत्र बुझाएको जन सम्पर्क समिति ओमान का महामंत्री नविन कुमार पङेनि ले बताऊनु भयको छ ।
🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *