कोरोनाको समस्या र समाधान बारे महासङ्घ कतारको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

तिलु शर्मा पौडेल दोहा
कतार नेपाल पत्रकार महासंघ कतार शाखाले बुधबार सॉझ कोरोना कहर : स्वदेश फिर्ती र समुदायको दायित्व बिषयक एक भर्चुअल अन्तरक्रिया कार्यक्रम समपन्न गरेको छ । उक्त कार्यक्रममा प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेल, नेपाली जनसम्पर्क समिति कतारका कार्यवाहक सभापती शंकर न्यौपाने, हिराधन राई अध्यक्ष नेपाली समाज कतार, सुरेश भट्ट केन्द्रिय सदस्य विवेकशील नेपाली दल, लुमाकान्त पुन मगर महासचिव अन्तराष्ट्रिय नेपाली एकता समाज, सिताराम थापा अध्यक्ष अनेसास कतार , अमिना खान का.वा. अध्यक्ष नेपालि महिला समाज कतार, अब्दुल करिम का.वा अध्यक्ष अन्तरास्ट्रिय मुस्लिम समाज, शिव भुजेल अध्यक्ष जनजाति महासंघ कतार, मोहमद मुक्तदा अध्यक्ष NRNA NCC कतार टिप्पणिकार बिल गुरुङ, महासंघ कतार शाखाका अध्यक्ष करीम बक्स मियॉ, र संघमा आबद्द अन्य पत्रकारहरुको सहभागीता रहेको थियो । प्राथमिकता र आवस्यकताको आधारमा प्रवासबाट २५ हजार नेपालीलाई स्वदेश ल्याउने नेपाल सरकारले गरेको निर्णय, नियम र तयारीका सन्दर्भमा कतारको नेपाली समुदायको दायित्व र भुमिकाबारे कार्यक्रममा अन्तरक्रिया गरीएको थियो । कार्यक्रममा सहभागीहरुले आ-आफ्नो यसरी राखेका थिए । चानक पोखरेल- ( अध्यक्ष प्रवासी नेपाली एकता मञ्च कतार) नेपालमा कोरोनाको वृद्धि बल्ल हुदै छ । नेपाल सरकारले २५ हजार प्रवासी नेपाली लैजाने निती राम्रो भए पनी संख्या अपुग हो । अहिले नेपालमा बर्षातको समय हुदॉ प्रवासबाट फर्किहाल्दा पनी कोरोना बाहेकको प्रकोप पनि बढ्न सक्ने हुदा सचेत हुनु पर्ने देखिन्छ l कतारमा राहात लिएर जिविकोपार्जन गरेको नागरिकले कसरि सरकारको नीति अनुरुप सबै खर्च आफै ब्यहोरेर स्वदेश फर्कन सक्छ भनी सरकारलाई प्रश्न गरेका थिए l नेपाल फिर्ता लैजादा नाताबाद र कृपाबाद भन्दा अलग रहेर बास्तबिक पिडितको पहिचान गरि लैजानु पर्ने र कतारबाट जाने सम्पूर्ण नागरिकको बिबरण फ्लाइट हुनु पुर्ब नेपाली नियोगले जारि गर्नु पर्ने बताउदै पोखरेलले यो पहिलो चरण भेको र समस्यामा परेका नेपालीलाई सरकारले पुन लैजाने मा आफु बिश्वस्त रहेको बताए । शंकर न्यौपाने- (का.वा सभापती नेपाली जनसम्पर्क समिति कतार) नेपाल नियोगले जारि गरेको फाराम कतारमा रहेका नेपालि नागरिक सम्म पुगेको छ भन्ने बिस्वसिलो आधार नभएको र नेपाल बाहिर ५० लाख नेपालि होलान तर २५ हजार मात्र नेपाल लॉजा ०.५% प्रतिशत पनि नपर्ने हुदा कतारबाट कति जना पर्छन भन्ने अन्योलता रहेको छ । नियोग र सरकारको अदुरदर्शिता प्रति असन्तुष्टि जाहेर गर्दै हवाई टिकट र क्वारेन्टाइनको खर्च प्रति गम्भीर असहमति जाहेर गरेका थिए । हिराधन राई (अध्यक्ष नेपाली समाज कतार ) नेपाल सरकारले तय गरेको मापदण्ड समुन्द्र बाट २ अन्जुली पानि निकालेको जस्तो कार्य भएको बताउदै सरकारले तोकेको खर्च बैदेशिक रोजगारी कल्याणकारी कोषबाट खर्च गरीनु पर्ने बताए l हामि कोरोना रोग लिएर नेपाल जानु हुदैन, प्रष्ट छौ तर यहॉबाट फर्कने पिडित नेपालीलाइ सरकारले नै ब्यबस्था गर्नु पर्ने उनको भनाई थियो l सुरेश भट्ट (केन्द्रिय सदस्य विवेकशील नेपाली दल) सर्बोच्च अदालतले समेत सरकारले अहिले गरेको निर्णय कानुन बिपरित भएको र अपाच्य रहेको बताई सकेको छ l चीनबाट तुरुन्त उद्धार गरेको सरकारले खाडीबाट किन उद्धार गर्न सकेन भन्दै नेपालि समुदाय बिच भाईचारामा कमि आएको हो कि भन्दै सरकारको निर्णयको ७ को क र घ को बुदासंग असहमति जनाए l उनले बैदेशिक रोजगारी कल्याणकारी कोषमा अथाह पैसा रहेको र उक्त रकम खर्च गर्ने बेला आएको बताए l एयरपोर्ट खोलिदिए नेपालि आफै टिकट काटेर जान सक्ने हुदा स्वदेश फर्कने बाटो खोलिदिन आग्रह समेत गरे । दुतावासले जारि गरेको फारामका सन्दर्भमा भट्टले स्मार्ट फोन लिने धेरै नेपाली भए पनि टेक्नोलोजी प्रयोग गर्ने जान्ने नेपाली नागरिक कम भएको हुदा दुतावासले समुदायसंग समन्यव गर्नु पर्नेमा जोड दिए । लुमाकान्त पुन मगर ( महासचिव अन्तराष्ट्रिय नेपाली एकता समाज) बिदेशमा पसिना बगाएर रेमिटेन्सले देश धान्ने सबै नेपालि स्वदेश फर्कन पाउनु पर्छ यद्दपी कोरना टेस्ट रिपोर्ट नेगेटिभ रहेको अनिबार्य प्रमाणित गराउनु पर्छ । तर यो जिम्मा सरकारले लिनु पर्ने बताउदै कतार सरकारसंग नेपाल सरकारले समन्वय गर्न लाज नमान्न आग्रह गरे । पिडित भएर नै नेपाल फर्कने परेको हुदा कतारका संघ सस्था संग समन्वय गरेर नियोगले निर्णय लिए लाभदायी हुने बताए । पिडितका लागी टिकट खर्च नियोगले सम्बन्धित कम्पनिबाट दिलाईदिन पहल गर्नु पर्ने सुझाब दिदै नेपालमा लाग्ने खर्च बैदेशिक रोजगारी कल्याणकारी कोषबाट खर्च गर्नु पर्ने बताए । सिताराम थापा ( अध्यक्ष अनेसास कतार ) दुतावासको कार्य प्रति आफु सकारात्मक रहेको बताउदै उनले सरकारले अर्को २५ हजारको प्याकेज पुन: ल्याउन सक्ने हुदा प्रवासमा रहेका नागरिक नआतिन्न आग्रह गर्दै सरकारले फिर्ता ल्याउने नागरिक सक्षम , अर्ध सक्षम , असक्षम मध्य कुन बर्गको हो भनी सरकार र नियोगले अध्ययन गरी पहिचान गर्नु पर्नेमा जोड दिए l कतारबाट बास्तबिक पिडित नेपाल पुग्न कसैले पनि नियोगको कार्यमा हस्तक्षेप गर्न नहुने, र नियोगलाई काम गर्ने वाताबरण बनाइदिन आग्रह गर्दै बिरोधका लागि बिरोध गर्न नहुने भनाइ उनको थियो l अमिना खान (का.वा. अध्यक्ष नेपालि महिला समाज कतार) कार्यक्रमका बक्ताहरुको भनाइलाई समर्थन गर्दै खानले नेपाल सरकारले कल्पना गरेको भन्दा धेरै पिडित नेपाली कतारमा रहेको बताउदै नेपाल फर्कदा लाग्ने लागत पिडितको हकमा सरकारले नै बेहोर्नु पर्ने बताइन l नाताबादबाट टाढा रहेर कतारमा रहेका सबै संघ सस्था संग समन्वय गरेर कार्यसम्पादन गर्नेमा आफु बिस्वस्त रहेको बताइन l कतारमा कतिपय महिलामा मानसिक असर परेको र डिप्रेसनमा जान सक्ने सम्भावना रहेको बताउदै अबिलम्ब स्वदेश फिर्तीको अपेक्षा सहित माग गरीन । अब्दुल करिम (का.वा अध्यक्ष अन्तरास्ट्रिय मुस्लिम समाज) नेपाल सरकारको निर्णय मजदुरको पक्षमा नरहेको महसुस गरेको बताउदै नियोगले जारि गरेको सुचना सबैको पहुचमा नपुगेको बताए l उनले स्वास्थ्य परिक्षणको रिपोट कतारको कानुन बमोजिम अनुकुल नरहेको बताउदै बास्तबिक पिडितको उद्धारमा सरकारले मापदण्ड लागु गर्न नहुने जिकिर गरे l नेपाली नियोगले कतारका संघ सस्था संग सहकार्य गरि फाराम भर्ने कार्यलाई तिब्रता दिनु पर्ने बताए l नेपाल पुगेर क्वारेन्टाइन बस्ने खर्च पिडितले बेहोर्ने कुरा जायज नभएको बताउदै सरकारले प्रवासबाट २५ हजार लाने योजनामा कतारलाइ प्राथमिकतामा राखिदिन आग्रह गरे l शिव भुजेल (अध्यक्ष जनजाति महासंघ कतार ) नेपाल फिर्ता जाने पिडितको छनोट नेपाली नियोगले नै गर्नु पर्ने र आवस्यक परेमा कतारमा रहेका संघ सस्था संग समन्वय गर्न सकिने बताउदै उडान पुर्ब स्वास्थ्य परिक्षण गर्नु पर्ने, मार्च १३ सम्म आइडीका म्याद सकिएका भन्ने प्राबधानका कुरा नियोगको सुचनामा जनाईएको र उक्त प्रावधान अप्ठेरो रहेको बताए l सरकारले स्वदेश फिर्ता र लागत खर्च सबै कामदारले बेहोर्ने नीति गलत रहेको बताउदै यसबाट वास्तविक पिडित छुट्न सक्ने तर्फ सचेत रहन आग्रह गरे l मोहमद मुक्तदा (अध्यक्ष NRNA NCC कतार ) सरकारले २५ हजार नेपाली विदेशबाट नेपाल लैजान गरेको निर्णय स्वागत योग्य रहेको बताउदै गैर्ह आवासीय नेपाली संघले समेत यस्को स्वागत गरेको बताए l जहाज भित्र एक जना संक्रमित भेटिएमा समस्या एक जनामा मात्र सिमित नरहने र त्यसले देशलाई नै असर पर्न सक्ने हुदा स्वदेश फिर्नु पहिले कोरोनाको परिक्षण गर्न अनिबार्य रहेको बताउदै उनले सबैलाई सकारात्मक हुन् आग्रह गरे l सरकारले तोकेको लागत खर्च स्वयम बेहोर्ने कुरा राम्रो रहेको बताउदै उनले फ्लाइट खुल्ला गर्ने भने एउटा टिकटको मुल्य नेपाली एक लाखकै हाराहारीमा पुग्ने हुदा सरकारको नीति आफुलाई राम्रो लागेको बताए l कार्यक्रमका टिप्पणिकार गुरुङले बास्तविक पिडितहरुलाई राहात थापेर खाने दिनको अन्त्य गरी नेपाल पुऱ्याउन पहल गर्न र बैदेशिक कल्याणकारी कोषको रकमलाई प्रयोग गर्न दवाव दिन सुझाव दिएको थिए । संघका अध्यक्ष मियॉले पिडित फिर्तीमा नाताबाद र कृपाबाद नगरीदिन कतारका पहुँचवाला नागरीक संग आग्रह गरेका थिए ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *