घेराबन्दीमा गणतन्त्र

Spread the love

समाबेशी, समनाता धर्मनिरपेक्षता र क्रान्ति जिन्दावादका नाराहरु,
आज किन निर्थक हुदैछन कमरेड

सदन देखि सडक ,गाउँ बस्तीमा
आज “जातीय बिभेद” परिवर्तनको बिरोधि हो । भन्ने भान किन हुदैन कम्रेड ।
सिहदरबार तेस्तो हो कि बालुवाटार तेस्तो हो ।

पहिले पेरिस डाडा देखि धुम्बरबराहीले कति सपनाको बिज रोप्थ्यो ।
म ती सपनामा कति खुशी हुन्थे ,
याद छ कमरेड
दसौं बर्ष युद्धमा सत्रौ हजार मारिदा,
१९ दिन आन्दोलनमा सडकमा तातो गोलिले छट्पटी रहदा तिमि भन्थ्यौ ।
यो बलिदानी र त्याग निम्ति सहिदको रगत प्रति
हामी सदा सर्बदा लडिरहनेछौ ।

तर
आज
गाउँ गाउँमा सिंहदरबार भन्नेहरु गणतन्त्रको कत्ल्ययाम हुँदा किन मौन हुदैछ ।
प्रतिपक्षीको सदन को मुद्दा सरकार तिम्रो मुद्दा किन हुन सक्दैन ?

सदियौ देखीको सामन्तवाद ढालेर
आज नबयुगको उत्कृष्ट बनेको सरकार ,
जातकै कालो धब्बाले मारिएका अजित मिजार र नबराज बि क हरु को चित्कार सुन्नै नसक्ने गरि किन बहिरो हुदैछ ।

के तिम्रो आवरण फेरिएको हो ?
के यो त्याग बलिदानी नक्कली थियो ।
आज
सामन्ती ब्यवस्था अन्त्य हुँदा ,
के गणतन्त्र नब सामन्तबादको उत्पत्ति भएको हो ?
सामाजिक रूपान्तरको सहितको सास्कृतिक परिवर्तन के खोक्रो आदर्शवाद थियो ?

म स्तब्ध छु कमरेड
आज फेरि
किन
बिचलित हुदैछ क्रान्तिका सपनाहरू
परिवर्तनका बिगुलहरु

अन्याय र अत्याचारको विरुद्ध दन्द्नी मसाल बाल्ने तिम्रो हातहरु आज किन कापिरहेका छन् ।
अह,
मान्दिन
मेरो सरकार यस्तो हुनै सक्दैन ।

चारै तिर सेतो पर्खालले घेरिएको सिहदरबार लाई कालो पट्टिले बाध्न सक्दैन मेरो सरकार ।

म पटक्कै बिश्वास गर्दिन ,
मेरो सरकार नक्कली मुकुट लगाएर बसेको छ ।
म कसरी भन्न सक्छु ।
जुँगाको ताउ मसारेर बिभेदको घेरा बुन्दै छ
म कसरी सोच्न सक्छु ।

हिजो परिवर्तनका सपना बाड्ने मेरो सरकार ,
आज पुछिएका सिउदो र रितिएका आमाका काखका सहारामा बोल्नै नसक्ने गरि कस्ले
कैद गरेको छ ।

म कसरी भन्न सक्छु ।
किन बोल्दैन मेरो सरकार ।
किन सुन्दैन सिहदरबार ।

म कसरी बिश्वास गर्न सक्छु ।
लाचार र लम्पट भइ मुकुदर्शक बनेर
दलाल पुजीवादको फन्दामा पर्दैछ ।
अनि ब्राह्मणबादको सिकार हुदैछ भनेर ।

हो कमरेड ,
हिजो गाउँ बस्तीमा हुँदा मेरो सरकार
दलित गरिब पिछडिएका वर्गको संघर्ष गर्ने कुरा गर्थ्यो,
भोको पेट लाई गास र बाँस कपासको ब्यबस्थाको नारा लगाउथ्यो ।
दलन र शोसित सर्बहाराको आवाज बुलन्दको नारा लगाउदै समनताका गित गाउथ्यो ।

हरेक मोर्चाको आन्दोलनमा रंगिन सपना देख्न्थे ।
उदाउँदो बिहानिको किरणमा झक्मगाउदै गरेको
सुन्दर बिहानी देख्न्थे ।
प्रजातन्त्र, लोकतन्त्र , गणतन्त्र हरेक तन्त्रका परिभाषामा नेपाल र नेपालीको समृद्धिको अभासका ज्वारभाट हुन्थे र त म भन्थे ,

मेरो सरकार
परिवर्तनको पर्याबाची हो ।
समृद्धिको खम्बा हो ।
बिकासको लहर हो ।
साझा फुलबारीको माली हो ।
तर
खै
फुलबारीको फुलहरु
चुडिदा ,उखेलिदा,कुल्चिदा ,
न त बोल्न सक्छ न प्रतिकार ।
यति निरिह,
पक्षघात कसरी भयो मेरो सरकार ।
हिजो
अग्रगामी छ्लाङ मार्ने,उत्पीडनका आवाजमा कसि लगाउदै ,
तिमी र म यो समाजको एक हो भन्दै ,
जङ्गल ,खोला भिर पाखामा जगजगाउने आवाजहरु आज निशब्द देख्छु ।

किन मेरो सरकार म देखि भाग्दै छ ।
खै आज कहाँ छ मेरो सरकार ?

काठमाडौको सिंह दरबार पुगेपछि
पुनर्जीबित सामन्ती अवशेष रहन्छ भनेर म कसरी भन्न सक्छु ।

युद्धमा हराएको मेरो सरकार खोज्दै छु ।
किन कि
क्रान्तिको बहाबले विश्राम थियो । पुर्ण बिराम थिएन ।
क्रान्ति मानव मानव बिचको विभेद , असहिष्णुता बिचको पर्खाल तोडन बाकी छ ।

युद्धको लगाम उठाउनु छ ,
र उतार्नु तिम्रा नक्कली मुकुटहरु ।

झुटका आश्वासनमा सहिदको रगतमा टेकिएर, तिम्रो शिहासनको दम्भ अनि फेरिएको तिम्रो ढोगि आदर्शहरु ।

#

माफ गर प्रिय कमरेड ,
म आज
गणतन्त्रको शुभकामना दिन सक्दिन
किन कि
मेरो सबिधानले मलाई बाच्न दिएन ।

कहिले कालो र गोरो बर्ण हेर्यो ,
कहिले ठुलो र सानो जातले हेर्यो ,
कहिले धनी र गरीबको भेदले घेर्यो ।
आडम्बरी तिम्रो समाजले हेयको दृस्टीले
मलाई पटक पटक मारेर जिउदो लाश बनायो ।

आम नेपाली जनताको हक हित र अधिकार प्राप्तिको संगीन सपनाको तुसरापात बनायो ।
यो सामानाको मोडमा
अब तिम्रो र मेरो यात्राले विश्राम लिएको छ ।
किन कि
तिमिले तिम्रो उदेश्य बिचलित बनायौ ।।
सिहदरबारले तिमी लाई चक्रभियुमा पार्यो ।
तिमी लाई सत्ताको उन्माद बनायो ।

कमरेड
मेरो सरकारले मनाउने दिपावालिमा
मेरो घर अध्यारो भएको छ ।
मलाई पनि रहर थियो नि
तिमी र म सगै भएर यो देशको समृद्धिको दियोमा सगै तेलको बाती जलाउने
तर
आज
दियो मुनीको अधेरो जस्तै,
सबिधानको दुई पंक्तिले छुवाछूत मुक्त देश भन्दैमा बिभेदपुर्ण मानसिकताले अछुत बनाइ रह्यो ।

तेसैले कमरेड,
खै म कसरी दिउ तिमी लाई
गणतन्त्र दिबसको धेरै धेरै शुभकामना ।

नबराज बि क
दोहा, कतार

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *