एनसीसी कतार द्वारा दशौ चरणको राहत बितरण सम्बन्धमा

बिश्वब्यापी रुपमा देखा परेको कोरना भाइरस (कोभिड १९) नियन्त्रणमा कतार सरकारले चालेको विभिन्न साबधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका नेपाली श्रमिकहरुमा देखा परेका समस्याहरुलाई समाधानका निम्ति गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समितीद्वारा कतार सरकार गृह मन्त्रालय मार्फत कतार च्यारिटीबाट प्राप्त खाद्यान्नको राहत प्याकेज दशौ चरणमा आज २७ मे २०२० का दिन कतारको सनैया स्ट्रीट नम्बर ३,४,५,६,१०, १७, १९,२२,२३,२४,२५,३२,३७,३८,४१,४३,५७ , एनखालिद , नज्मा, मामुरा, ग्राफा, बिन मोहमद, अलसाद, वल्ड एअरपोर्ट, बिन वमरान,मुग्लिना, अलवाब, रैयान, वाक्रा, वकिर,मदिना खलिफा,अजजिया,अबुहमर,हिलाल, मुन्ताजा, दोहा जदिद, मनसुरा, अलथुममा,मतार कदिम, सफिया खलिफा, अल नासर र मैजारका विभिन्न ठाउँमा रहेका ६१७ जना कोरना भाइरसको प्रभाबले पीडित नेपालि श्रमिकहरुलाई खाद्यान्नको प्याकेज बाढीएको सबैमा जानकारी गराउदछौ।

राहत बितरण कार्यक्रममा प्रत्यक्ष सहभागी नेपाली दूतावास परिवार,आईसीसी प्रतिनिधि ज्युहरु,एनसीसी प्रतिनिधिहरु ज्युहरु,रहात तथा उद्दार समिती सम्योजक र सदस्य ज्युहरु,विभिन्न संघ संस्थाका प्रतिनिधि ज्युहरु,पत्रकार ज्युहरु साथै विशेष सहयोगि सम्पुर्ण स्वयंसेवक ज्युहरु प्रती हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछौ।

पदम गिरी
महासचिव
गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *