१ जेठ, काठमाण्डौं । आज विहान कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि महाराजगन्जको टिचिङ अस्पतालको न्युरो वार्डलाई सिल गरिएको छ ।

नाक, कान घाँटीको समस्याले टिचिङ अस्पताल महाराजगन्जमा बैशाख २३ गतेदेखि भर्ना भएर उपचार गराइरहेको श्रोतले बताएको छ ।

ती बालिकामा कोरोना संक्रमण भएकोे पुष्टि विहिबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

ती बालिकाको मंगलबार स्वाव संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा विहिबार बिहान संक्रमण भएको पुष्टि भएको हो । बालिकामा कोरोना संक्रमण देखिएपछि अहिले टिचिङ अस्पतालको न्युरो वार्डलाई सिल गरिएको छ । त्यहाँ झण्डै ३४ वटा बेड रहेका छन् ।

आज बिहान बालिकामा संक्रमण पुष्टि भएपछि उनलाई टिचिङकै कोरोना विशेष आइसोलेन वार्डमा सारिएको छ । बालिका उपचारका लागि परिवारसँगै आएकी थिइन् 

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *