यूएईमा कोरोनाको कारण मंगलबार मात्रै दुई जना नेपालीको ज्यान गएको छ । यूएईको आबुधाबीमा एक रेष्टुरेन्टमा काम गर्ने अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ खाँचीकोट लम्चामा ३९ बर्षीय खुम बहादुर थापाको मृत्यु भएको छ।

यूएईकै अलऐनमा नेपालको ठेगाना नखुलेका अर्का एक युवाको ज्यान गएको हो ।कोरोना सङ्क्रमणका कारण लामो समय उपचाररत अर्घाखाँचीका खुम बहादुर थापालाइ कोरोना सङ्क्रमण हुनासाथ आबुधावीको ब्रुजेल अस्पतालमा भर्ना गरिएको थियो । अवस्था नाजुक बन्दै गएपछि उहाँलाई अलऐनको ब्रुजेल अस्पतालमा सारिएको थियो ।

भेण्टीलेटरमा राखेर उपचार भईरहँदा मंगलबार ज्यान गएको अस्पतालले पुष्टि गरेको कम्पनीले परिवारलाई जानकारी गराएको छ । उहाँ पहिलो पटक यूएई आउनुभएको थियो । अघिल्लो हप्ता यूएईमै अर्घाखाँचीका अर्का एक युवाको पनि कोरोना सङ्क्रमणका कारण ज्यान गएको थियो ।

अलऐन अस्पतालमा ज्यान गुमाउने अर्का युवाको भने नेपालमा ठेगाना खुलेको छैन ।पछिल्लो समय यूएईमा कार्यरत नेपालीमा कोरोना सङ्क्रमण बढे पनि राष्ट्रियता नखुलाउँदा दूतावासले सङ्क्रमित नेपालीको यकिन विवरण दिन सकेको छैन । यस्तै कोरोनको कारण ज्यान गुमाउने नेपालीको पनि दूतावासले पुष्टि गर्न छोडेको छ ।
उमाकान्त पान्डे युएई

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *