परदेश ले सक्छौ फर्क भन्छ मेरो देश ले हुदैन पर्ख भन्छ

Spread the love

परदेश ले सक्छौ फर्क भन्छ
मेरो देश ले हुदैन पर्ख भन्छ
गाऊँमा बुढी आमा चिन्तामा छिन
फोन गर्दा भएन सम्पर्क भन्छ
न देश आफ्नो न आफ्ना संगै छन
एक मनले यही हो नर्क भन्छ
बाहिर रोगले मार्छ भित्र भोकले मार्छ
सरकार उर्दी जारीमा सतर्क भन्छ
बहिरो छ मेरो सरकार यिनलाई केथा
सुन्दैन कसैको आफ्नै तर्क भन्छ
भेडै चराऊन छोरा अरब पसे पछी
उजाडिदै छु रित्तो खर्क भन्छ

लक्ष्मण संज्याल मेल्बर्न अस्ट्रेलिया

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *