मोरङ सुनसरी कतारको अध्यक्षमा पराजुली निर्बाचित

“मोरङ सुनसरी कतारको अध्यक्षमा पराजुली निर्बाचित

“मोरङ सुनसरीको चाहना सभ्य र समृद्द समाजको स्थापना” भन्ने मूल नाराका साथ सन २००१ मा कतारमा स्थापना गरिएको सामाजिक संस्था मोरङ सुनसरी सेवा समाज कतारले आफ्नो १५ औं साधारण सभा सम्पन्न गरेको छ ।
मिति २१ फेब्रुअरी २०२० शुक्रबारका दिन दोहास्थित वेस्ट वेस्टन होटलको सभाहलमा भएको सभाबाट २०२०-२०२१ कार्यकालका लागि दिलिप पराजुलीको अध्यक्षतामा

सर्बसम्मत चयन भएका छन


मोरङ सुनसरीबाट वैदेशिक रोजगारिको शिलशिलामा कतारमा वसोवास गरिरहेका जिल्लावासीहरु बीच एकआपसमा भाईचाराको सम्वन्धलाई बलियो ,विकास,सामाजिक आचरणमा सुधार ल्याउन,आर्थिक समृद्धिका लागि सहजिकरण गर्न लगायतका उदेश्य बोकी संस्था स्थापना गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास कतारका माहामहिम राजदुत डा ।नारदनाथ भारध्वजले मन्तब्य राख्दै प्रवासमा नेपाली समुदायले बिभिन्न संघसस्थाको माध्यम बाट सामाजिक कार्यहरु गरेको देख्दा खुशी प्रकट गरे ।

भविष्यमा पनि यस्ता खालका कार्यक्रमको अपेक्षा राख्दै मोसुको सामाजिक ऊंचाई कायम गर्न समाज र मातृभुमी प्रति थप योगदान दिन सफल हुने विश्वास गर्दै अव यहाँ सिकेको सिप,आय आर्जन लिएर स्वदेस फर्की आफ्नै गाउ घरलाई समृद्ध बनाउने समय आएको भन्दै बिभिन्न राजनैतिक उतारचढाव पारगर्दै अहिले देशले बिकाशमा फड्को मार्ने बेला आएकोले अव देसलाई सेवा गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली नियोग बाटै लक्ष्मण खनाल,प्रबिण भट्टराई,जिना अधिकारि समाजका सल्हाकारहरु,सामाजिक अभियान्ता तथा बुद्दिजिविहरु,बिभिन्न संघ सस्थाका पदाधिकारी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

माहोललाई सांगीतिकमय बनाउनको लागि गत हप्ता प्रदेश १ समन्वय समिति कतारले गरेको बनभोज कार्यक्रममा नेपाल बाट निम्ताइएकि राष्ट्रिय गायिका सृष्टि हिङमाङ रहेकी थिइन । उनले चर्चित गीतहरु जता हेरेपनि पुर्बी रमाइलो,मोहनी लाग्ला है गाउलेको बोलीमा जस्ता गीतहरुमा सांगीतिक प्रस्तुति दिदै भरपूर्ण मनोरन्जन गराएकी थिन ।
साथै गायिका हिङमाङ र मोसु कतारका पुर्व अध्यक्ष सुबास गौतमलाई सस्थाले सम्मान पनि गरेको थियो ।
मोरङ सुनसरी सेवा समाज कतारको कार्यक्रम भव्यताका साथ सम्पन होस् भन्दै प्रवासमा रहेका सातै शाखा बाटपनि शुभकामना ब्यक्त गरिएको थियो ।

समाजका अध्यक्ष तथा कार्यक्रममा सभापति चिरञ्जीवी तिमिल्सिनाले बोल्दै कार्यक्रममा उपस्थित भएर सभ्य तथा भब्य रुपमा सफल बनाईदिनु हुने सम्पुर्ण संघ सस्थाका प्रतिनिधिहरु सल्लाहकारहरु, लगाएत आफ्नो कार्यकालमा कार्यभार समाली पदिय जिम्मेवारी पूरा गर्नुहुने सम्पुर्ण सदस्यहरुलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए । उक्त कार्यक्रमको सहजी करण दिलिप पराजुली र स्वागत मन्तब्य प्रथम उपाध्यक्ष भिम बराइलीले गरेका थिए ।

नवनिर्वाचित कार्यसमितिको नामावली यसप्रकार छ

अध्यक्ष : दिलिप पराजुली

उपाध्यक्ष : भिम विश्वकर्मा,लिलानाथ घिमिरे

सचिव : भोला बस्नेत

सह-सचिव : योजना शर्मा थापा,गोपाल बास्तोला

कोषाध्यक्ष : शुष्मा खतिवडा कटुवाल

सह-कोषाध्यक्ष : किरण थापा ,पर्शुराम बन्जारा

सदस्यहरु क्रमस : भरत श्रेष्ठ, समिन बराल ,प्रेम बहादुर राई ,बिरजंग थापा ,बिरेन कठायत, सुनिता कोइराला अचार्य ,अच्युत भट्टराई ,सबिता दाहाल भट्टराई ,गमला बस्नेत खतिवडा ,हरि बहादुर खड्का ,पर्शुराम पोखरेल ,गणेश अधिकारी ,गोबिन्द बिश्वकर्मा जिवन याख्खा राई रहेका छन ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *