गण्डकी प्रदेश समन्वय परिषद् कतारको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।               देश

गण्डकी प्रदेश समन्वय परिषद् कतारको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । देश सङ्घीयतामा गए सँगै कतारमा पनि प्रदेश भित्रका जिल्लाहरूलाई एकीकृत गर्दै २०१७ मा स्थापित परिषदले २०१९-२०२१ कार्यकालको प्रथम साधारण सभा सम्पन्न गरेको हो ।

परिषद्का अध्यक्ष हंसराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मध्यपूर्व युवा संयोजक राज रेग्मी रहेका थिए । कार्यक्रममा सामाजिक अभियन्ता तथा विभिन्न सङ्घ सस्ताका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
बिधिबत उद्घाटन सँगै बढेको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष प्रेम रसाइलीको स्वागत मन्तव्य राखेका थिए भने महासचिव रामजी खत्रीले पहिलो वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत थिए । त्यस्तै अजय विश्वकर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलाले प्रगति र आर्थिक प्रतिवेदनलाई अनुमोदन गरेको थियो ।

कार्यक्रममा स्थानीय कलाकारहरूले विभिन्न सॉगितिक प्रस्तुति राखेका थिए । साथै गैह्र आवासीय नेपाली सङ्घ कतार र केन्द्रमा विजयी भएका विभिन्न पदाधिकारीहरूलाई परिषद्का तर्फबाट सम्मान गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले सस्थाले गरेका विभिन्न कार्यहरूको चर्चा गर्दै गण्डकी प्रदेश पर्यटनको लागि प्रमुख गन्तव्य रहेकोले पर्यटकीय क्षेत्रको प्रवर्धन एव प्रवास बाटै भए पनि थप प्रचार प्रसार गर्नुपर्नेमा जोडदिए । प्रमुख अतिथि रेग्मीले स्वदेशमा भिजिट नेपाल २०२० चलिरहेको र यसै अवसरमा गण्डकी प्रदेशले भरपूर्ण फाइदा उठाउँदै भ्रमण वर्षमा टेवा दिनु पर्नेमा जोडदिए ।

साधारण सभाबाट परिषद्का सदस्यहरू स्वदेश फिर्ता भएको कारणले जिल्ला संस्थाको सिफारिसमा उक्त स्थानमा सदस्यता पूर्ति गर्न पार्षद सदस्यता खुला गर्ने प्रस्ताव समेत अनुमोदन गरिएको छ । त्यस्तै गण्डकी प्रदेशका जिल्लाहरूको संयुक्त आयोजनामा कतारको हमाद मेडिकल सेन्टरमा आगामी ०३ अप्रिल शुक्रबारका दिन रक्तदान कार्यक्रम गर्ने साथै ८ मे शुक्रबारका दिन एक दिवसीय नेतृत्व विकास र व्यक्तित्व विकास कार्यक्रम गर्ने घोषणा गर्दै सभापति ढकालले कार्यक्रमको समापन गर्दै आफूहरूले अघि सारेको नारा अनुरूप र आफू संयोजक भएको लगानी बोर्डले लगभग एक करोड बजेटको ५०% रकम जम्मा भएको जानकारी गराए ।

कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गतका जिल्ला म्याग्दी,बाग्लुंग,पर्वत,कास्की, स्याङ्जा,तनहुँ, लमजुङ,गोर्खा,र नवलपुर जिल्लाकाका सङ्घ सस्ताका पदाधिकारी तथा पार्षदहरुको बाक्लो उपस्थिति रहेको थियो .

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *