नेपाली समाज ओमान द्वारा क्यान्सर पिडित लाई सहयोग

मानिस परिष्थिति को दास हुन्छ। भनिन्छ समस्या बाजा बजाएर आऊदैन। तर अभाव को बिच जब असाध्य रोग लाग्दछ। सहयोग को सानो हात पनि जिवन को ज्योति निभ्न नदिन महत्वपूर्ण हुन्छ।

ओमान मा रहेका प्रवासि नेपाली हरू को सहयोग लिएर नेपाली समाज ओमान कि कोषाध्यक्ष पार्वती श्रेष्ठ ले जब क्यानसर पिडित बेलवारि २कि रामा श्रेष्ठ लाई भेटेर रू ४१३८५( एक चालिस हजार तिन सय पचासि) हस्तान्तरण गर्नु भयो।
रोग सँग लड्न र जित्न थप प्रेरणा मिलेको पिडिता ले बताउनु भयको छ।

दुख र अप्ठेरो मा परेका को सहयोग गर्न ओमान मा रहेका प्रवासि नेपाली हरू सधै तैयार रहने र त्यसको नेतृत्व नेपाली समाज ओमान ले निरन्तर गर्दै आयको समाज कि कोषाध्यक्ष पार्वती श्रेष्ठ ले बताउनु भयको छ।
हामि लाई प्राप्त जानकारी अनुसार रामा श्रेष्ठ लाई ओमान मै रहेका नेपाली हरू को अर्को संगठन तमु समाज ले पनि रू-१००००( दश हजार रुपिया ) सहयोग गर्ने भयको छ।
साथै सबै ले बिमार को शीघ्र स्वास्थ्य लाभ को कामना गर्नु भयको छ ।
सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *