मृगौला पिडितलाई नेपाल मगर सँघ ओमानले गर्यो अर्को सहयोग –

२०११ मा स्थापित नेपाल मगर सँघ ओमानले स्थापना कालदेखि आफ्नो पहिचानको साथमा निरन्तर रुपमा सामाजिक कार्य अन्तर्गत दुखी पिडितलाई आर्थिक सहयोग उल्लेख्य मात्रामा गर्दै आईरहेको छ।त्यसै क्रममा हालै फेरी एकजना मृगौला पिडितलाई आर्थिक सहयोग गरेको छ।दुबै मृगौला खराब भई हाल उपचारको क्रममा रहेकी हुप्सेकोट गाँउपालिका -९ निबासी थमनसिँङ् आले मगरकी २० बर्षिय श्रीमती युका आले मगरको आर्थिक स्थिति अत्यन्तै दयनीय रहेको हुँदा सहयोगको लागि नेपाल मगर सँघ ओमानलाई अपिल गरिएको थियो।त्यसै अनुरुप उक्त अपिललाई मनन गर्दै नेपाल मगर सँघ ओमानका केही पदाधिकारी तथा सदस्यहरुले ब्यक्तिगत रुपमा सक्दो पैसा जम्मा गरेर सँघको तर्फबाट पिडितलाई नेपाली रुपैयाँ जम्मा
५१,७१३ सहयोग गरेको छ।उक्त रकम हिजो मात्रै एक सानो कार्यक्रम राखेर परिवार आफन्त सबैलाई बोलाई मगर सँघ हुप्सेकोटका अध्यक्ष ज्युको हातबाट हस्तान्तरण गरिएको थियो भनी नेपाल मगर सँघ ओमानका महासचिव सुशील पुन मगरले जानकारी दिनुभएको छ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *