/
विश्व मा सत्रौं र अठारौ शताब्दी राज्य हरू को गठन पुनर्गठन को युग र~यो।
यहि अवसर मा पृथ्वी नारायण शाह को साहसिक कार्य ले एक बिशाल नेपाल को निर्माण हुन पुग्यो। यसले एउटा देश मात्र होईन बीविधता मा एकता को प्रतिक एउटा साझा नेपाली संस्कृति को पनि बिकास गर्यो ।तर यही शताब्दी मा बढ्दै गयको ब्रिटिश साम्राज्यवाद को बिभत्स बेग लाई रोक्न नेपाली बीर ले धेरै रगत बगाए पनि १८१६ को सुगौलिं सन्धि ले नेपाल एकीकरण को अभियान लाई मात्र रोकेन बिशाल नेपाल लाई मेचि महाकालि बिच संकुचित गरिदियो।
💮यस सॅगै नेपाल मा बढेको बैदेशिक हष्तक्षेप आज पनि जारि छ। बिश्व मा बढ्दै गरेको औंधोकिकरण र बिकास को गति लाई पक्रन नसक्दा नेपाली हरु पीछडिदै र बेरोजगार हुदैगय। यस अवस्था मा मेहनती नेपाली हरू को श्रम बेच्ने र शिक्षा आर्जन गर्ने एऊटै गन्तव्य भारत बन्न पुग्यो। भारत मा रहदा आफ्नो कार्य मात्र होईन भारतीय जनता का न्यायिक र स्वतन्त्रता को लडाई मा प्रवासि नेपाली हरु ले आफु लाई क्रियाशील राखे।
🍁भारत को स्वतन्त्रता र १९५० को नेपाल भारत बिच सम्पन्न शान्ति तथा मैत्री संधि ले गरेको समान सुबिधा र खुल्ला सिमाना रहने प्राबधान ले नेपाली भुमी मा भारतीय हरु को ठुलो जमात स्थापित भयो।
भने लाखौं नेपाली हरु झोला बोकेर प्रवासि बने।
अशिक्षित र सोझा स्वभाव का नेपाली हरू को कार्य क्षेत्र पनि नीम्न स्तर मै र~यो। तर यसले पारिवारिक अर्थ तन्त्र मा सकारात्मक परिणाम दियो।

🌸यसै क्रम मा नेपाली जनचेतना मा पनि क्रमिक बिकास हुदै गयो। ऊनीहरू नेपाली संस्कृति, समाज र राष्ट्रहित को लागि संकृय रहन लागे। यसै क्रम मा नेपाली बामपंथि आन्दोलन बाट प्रभावित स्वर्गिय एकदेव आले ले सन् 1966 मा जनकल्याणकारि संघ मार्फत भारत मा प्रवासि नेपाली आन्दोलन को संगठित प्रयास शुरू गर्नु भयो। कालांतर मा गठन पुनर्गठन बाट अघी बढ्दै यसको नेतृत्व आज *प्रवासि नेपाली एकता मंच *ले गरेको छ।
🌻त्यस पछि को अबस्था मा भारत प्रवास मा धेरै बैचारिक, राजनीतिक, सामाजिक, जातिय र क्षेत्रीय संगठन हरू को गठन भयका छन।
तर आज भारत प्रवास मा रहने प्रवासि हरुको अवस्था? ऊनि हरू को भावना? र भोलि को आन्दोलन कीन? र कसरि? भन्ने यक्ष प्रश्न आज प्रत्येक प्रवासि हरु को मन मष्तिष्क मा छ।
आज भारतमा तीन खाले नेपाली रहेका छन् ।
🏵️१- 1816 को सुगौलिं संन्धि ले भारतीय नेपाली हरू
जस सँग नेपाली भाषा र संस्कृति मा अत्यधिक समानता छ तर ऊनिहरू पुर्ण रुपमा भारतीय नागरिक हुन र नेपाली संस्कृति र अल्पसंख्यक भयकै आधार मा ऊनिहरू को अधिकार कुन्ठित र अपमानित हुनु हुदैन भन्ने भनाई हो हाम्रो।
🌹२- लामो समय देखि भारत प्रवास मा बस्दा यहि घरजम जोडे ।छोरा छोरि यहि जन्मे हुर्के पढे बढे। सबैकुरा भारत मा नै छ। अब नेपाल संग को सांस्कृतिक सम्बन्ध भयपनि ऊनिहरू भारत मै भारतीय भयर बस्न चाहन्छन्। आफ्नो सम्पत्ति को संरक्षण चाहन्छन्। र निडर भयर बस्न र बाच्न पाउने प्रष्ट अधिकार भारत सरकार सँग चाहन्छन्। त्यो भारतिय नागरिकता नै हो। त्यसको सहज ऊपलब्धता को ग्यारन्टी को लागि आज बैचारिक र संगठित आन्दोलन को खाँचो छ। आज भारतमा नागरिकता कानुन र राष्ट्रीय नागरिक पहिचान को डिजिटल संकरण शूरू भयको अवस्था मा यो बिषय दिनानुदिन जटिल बन्दैछ।

🌹३- तेस्रोमा प्रवासि नेपाली हरु छन् ।आजको भारत 1950 को भारत रहेको छैन। यसका धेरै नियम कानुन परिमार्जित भयका छन्। भने 1950 को शान्ति तथा मैत्री संधि का अधिकांस बुदा – धारा लामो समय देखि निस्कृय भै सकेका छन् ।आज प्रवासि नेपाली हरू जो लामो समय वा छोटो समय देखि यहा बिभीन्न ब्याबसाय वा नोकरी मा संलग्न छन्। ऊनि हरु नेपाली पहीचान वा नागरिकता बोकेर नोकरी गर्न, ब्याबसाय गर्न, औषधिमुलो वा शिक्षा आर्जन गर्न र आफ्नो सम्पत्ति को संरक्षण र सहज हष्तान्तरण गर्न सक्ने अधिकार को खाँचो को खोजि मा छन् ।
साथै नेपाल मा पुनर्स्थापित हून र लगानि लगाऊन सक्ने, बौद्धिक शक्ति लाई समेत नेपाल मा स्थापित गर्ने दिसा तर्फ प्रवासि नेपाली आन्दोलन लाई अघि बढाऊन चाहन्छन् ।

🌼भारत मा प्रवासि नेपाली आन्दोलन लामो समय देखि सांस्कृतिक उत्थान, दुई देश बिच सम्बन्ध सुधार, सामाजिक सद्भाव र नेपाली राजनीतिक ब्याबस्था परिवर्तन को अभियान मा होमियको थियो ।

🌺प्रवास मा रहेर पनि नेपाली आन्दोलन का बिभीन्न संस्करण काअभियन्ता हरू २०६२,६३ को जन आन्दोलन र राजनितिक स्थायित्व पछि राजनितिक अधिकार बाट क्रमस किनारा हुदै छन्। सायद यो समय र परिष्थिति को ऊपज हो र प्रवासि आन्दोलन लाई अब संकृण राजनीति भन्दा माथि बीसुद्ध आफ्नो अधिकार र रूपांतरण को अभियान बनाउन जरुरि छ।

👉सँगै का अभियान कर्ता हरू सत्ता मा पुगे पनि” खोलो तरि लौरो बिर्षे झै” प्रवासि आन्दोलन को इतिहास को तेजोबध निरन्तर जारि छ।
आज समाजिक बितृष्णा का पात्र मात्र होईन सामाजिक सांस्कृतिक बैचारिक आन्दोलन मा पनि टूहुरा सरह छन् प्रवासि नेपाली हरू ।
🏵️भारत मा नेपाली पहीचान सहित सुरक्षा, सम्मान र सहज आवत जावत गर्न र राष्ट्रीय अधिकार र मताधिकार को अधिकार लिन आफु लाई ब्याबस्थित ब्याबहारिक र संगठीत गर्दै अघि बढ्दा भारत सरकार र भारतिय जनता सँग को सुमधुर सम्बन्ध अपरीहार्य छ।

🌸साथै ब्याबसायिक सिप आर्जन र कमाएको अर्थ लाई मितब्यायि खर्च र बचेको रकम मुनाफा मुलक लगानी मा लगाऊने र स्वरोजगार लाई बढावा दिने ज्ञान सिप को बिकास आजको प्रवासि आन्दोलन को अपरिहार्य आवस्यकता हो।
आऊनु होस् साझा सवाल मा साझा अवधारणा बनाउदै एउटा मंच मा ऊभियौ। सबै को भलो होस्।

सूर्य बस्याल


        लेखक 

प्रवासि नेपाली संघ भारत को
केन्द्रीय समिति सदस्य हुनुहुन्छ

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *