भिजिट नेपाल २०२० सफल पार्न ओमानबाट सम्पुर्ण संघसंस्थाहरुको ऎक्यवद्धता ।

ओमानमा रहेका सम्पुर्ण सक्रिय संस्थाहरुको गत शुक्रबार ०३ जनवरी २०२० मा बसेको सयुक्त बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ।
बैठकबाट ओमानमा सक्रिय सामाजिक सस्थाहरु बाट एक एक जना सदस्य रहने गरि छबिलाल बस्नेत को सम्योजकमा १९ सदस्यीय भिजिट नेपाल २०२० प्रचारप्रसार तथा कार्यक्रम आयोजक टिम गठन गरियको छ । जस्मा कोषाध्यक्ष सेवन्त पुर्जा पुन ,सचीव तथा मिडिया कभरेज राजेस महर्जन सदस्यहरु क्रमशः बिकाश घले (नेपाली समाज),भिम निरौला ( सगरमाथा समूह) ,सन्जय सा (जन सम्पर्क समिति ) ,पुर्ण बहादुर बि.क. पहाडी (प्रवासी नेपाली एकता मंच ) ,खेम खडकाथोकि (बाग्लुङ सेवा समाज) ,घनश्याम भन्डारी (गुल्मी सेवा समाज ),साबित्रा पोखरेल (पाल्पाली परिवार),गणेश चोखाल (मोना म्यादी ), दिल रानामगर ( नेपाल मगर संघ ),बिरोज लामा(नेपाल तामाङ समाज ) , सुरेश बराइली (दलित एकता संजाल ),ओमकार तामाङ (बुद्ध भिजन), मधु गुरुङ (नेपाली महिला समुह), सुशील पुन (अन्तर्राष्ट्रिय साहित्य समुह),बिक्कल झा ( गैर आबाशिय नेपाली संघ) , पुर्ण गुरुङ (तमु समाज ) रहेका छन भने । सयोजक,कोषाध्यक्ष, सचीव तथा मिडियाकभरेज क्रमशः ओमान नेपाली एकता समाज,गैर आबाशिय नेपाली संघ ,विवेकशिल नेपाली दल मा आबद्ध हुनुहुन्छ ।
उक्त टिमले नेपाल पर्यटन बर्ष २०२० लाई प्रचारप्रसार गर्न नेपाली राजदुताबास मस्कट सङ्ग सहकार्य गर्दै विविध कार्यक्रमहरु गर्ने निर्णय भएको छ। जसमध्ये केही सोपिङ्ग मल तथा गेटहरुमा भिजिट नेपालको ब्यानर राख्ने ,भिजिट नेपाल २०२० को पेज निर्माण गरि विभिन्न सामाजिक संजालमा प्रचारप्रसार गर्ने , विभिन्न कम्पेक्सहरुमा नेपाली मौलिक सामाग्री तथा सास्कृतिक प्रदसनी गर्ने ,फोटो प्रतियोगिता गर्ने,समुद्री किनारा सरसफाइ गर्ने , रक्तदान कार्यक्रम गर्ने,विभिन्न देशहरुको कार्यक्रमहरुमा गै भिजिट नेपाल २०२० को प्रचारप्रसार गर्ने , ओमानका पत्रकारहरु लाई नेपाल भ्रमण गराउन पहल गर्ने लगाय सालै भरिका कार्यक्रमहरु तय गरेको छभने यी सबै कार्यक्रमहरुमा सहयोग तथा आबस्यक छलफलको लागि राजदुतावास लाई एक बुदे ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *