अर्घाखाँची नरपानी बस दुर्घट्ना


स्रोत:- अर्घाखाँचीडट्कम
अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट बुटवल जादै गरेको बस नरपानीमा दुर्घटना हुँदा जना १९ को मृत्युु भएको छ । हालसम्म १७ जनाको घट्नास्थलमै र १ जनाको उपचारका लागि बुटवल लैजादै गर्दा ठाडामा र एक जनाको उपचारको क्रममा चौराह हस्पिटल बुटवलमा निधन भएको प्रहरी जनाएको छ । 


अर्घाखाँची जिल्लाको  नरपानीमा भएको बस दुर्घटनामा यो समाचार तयार पार्दा सम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ ।  सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस सन्धीखर्क नगरपालिका नरपानीमा दुर्घटना भएको थियो । नरपानीमा भएको बस दुर्घटना तीव्र गतिका कारण भएको घाईतेहरुले बताएका छन् । दुर्घटनामा परि घाईते भएकाहरुको रुपन्देहीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
चौराह अस्पतालमा ९ जनाको उपचार भइरहेको छ । क्रिमशन अस्पतालमा २ जना र भैरहवा मेडिकल कलेजमा ४ जनाको उपचार भइरहेको प्रहरीले बताएको छ । चौराह अस्पतालमा उपचारर्थ ९ जना मध्ये ३ जना नाबालक छन् ।

३ नाबालक जो दुर्घटनाबाट बचे, एकले आमा गुमाए


अर्घाखाँची सन्धीखर्क नगरपालिका–७ का साढे २ वर्षीय रिजन कुँवर चौराह अस्पतालको आकस्मिक कक्षमा छन् । उनको टाउकोमा चोट लागेको छ । आमा सपना कुँवर पनि घाइते अवस्थामा छिन । उनको पनि टाउकोमा चोट लागेको छ । चौराह अस्पतालको आकस्मिक कक्षमा आमा सपना र २ वर्षीय छोरा रिजन एउटै बेडमा उपचार गरिरहेका छन् । आमा छोराको हेराहेर हुन्छ तर दुवै राम्रोसँग बोल्न सक्ने अवस्थामा छैनन् ।


चौराह अस्पतालमा कपिलबस्तु कोईली बनगाईका ३ वर्षीय स्पर्श पोखरेलको पनि उपचार भइरहेको छ । उनको पनि टाउको चोट लागेको छ । आमा विमला पोखरेल पनि घाईते अवस्थामा छिन् ।उनको मेडिकल कलेजमा उपचार भइरहेको छ । विमलाका कान्छो ३ महिनाको छोरा शोभाखर पोखरेल अहिलेसम्म बेपत्ता छन् ।
त्यसैगरी सन्धिर्खक नगरपालिका–७ खाँचीकोटका १ वर्षीय गणेश पुरी पनि घाईते अवस्थामा अहिले चौराह अस्पतालमा उपचार भइरहेको छ। उनकी आमा माया पुरीको भने घटनास्थलमै मृत्यु भएको बताइएको छ । अधिकांश दुर्घटनामा बच्चाहरु घाईते हुने गरेको भेटिन्छ । अर्घाखाँचीको यो दुर्घटनामा पनि भाग्यले यी तीन बालबालिको ज्यान बचेको छ । सवै बच्चाहरुको टाउको र हातमा चोट लागेको छ ।


दुर्घटनामा घाइते भएकी ४ वर्षिय अञ्जना पौडेल भण्डारी जो हिँजो मम्मी भोक लाग्यो भन्दै कराएकी थिइन् । उनकी आमा कहाँ थिइन् थाहा थिएन । पछि  आमालाई बुटवलको अस्पतालमा उपचार गराइरहेको पाइएको थियो भने परिवारले प्रहरीको सरक्षणबाट ती बालिकालाई घर लिएर गएका थिए । बस दुर्घटनामा २७ वर्षिया सिता बस्नेतको ज्यान गएको छ । ज्यान गुमाएकी बस्नेत, शितगंगा २ घर भइ हाल कपिलबस्तु बाणगंगा नगरपालिका – ८ चप्परगाउँ बस्दै आएकी थिइन ।


घाईतेहरु भन्छन्–गाडी स्पीडमा थियो
चालकले धेरै तीव्र गतिमा गाडी चलाएका थिए । स्पीड नचलाउनु भन्दा भन्दै पनि गाडी मालिक वसन्त थापाले भोलि छिटो फर्कनु छ भन्दै गाडी चालकलाई भनेको हामीले सुनेका थियौं । बस तीव्र गतिले हुईकिदा ब्रेक लागेन र दुर्घटना भयो । बाटो सजिलो भएको ठाउँमा दुर्घटना भएको हो । बस मालिक र चालककै लापरबाहीले यो दुर्घटना भएको हो । म बस पल्टदा ३/४ भर्लङ खाए । त्यसपछि उछिटिए । त्यसपछि मेरो होस हराएछ । पछि होसमा आउदा मलाई बाटोमा निकाल्नु भएको थियो । – १९ वर्षीय लोकनाथ पाण्डे, छत्रदेव गाउपालिका वडा नं. ७ घाईते ।
बस एकदम कुदेको थियो । म बच्चासँग साथमा थिए । बसका चालक र बस मालिकले अगाडिले के के कुरा गरिरहेका थिए, मैले सुनिन । हामी अलि पछाडि थियौं । तर घुम्ती आउनसाथ एक्कासी ठूलो आवाज आयो । त्यसपछि मैले केही थाहा पाईन । अलिअलि चिच्चाएको आवाज सम्झन्छु । म बससँगै तलै खसेको थिए रे । पछि होसमा आउँदा मलाई बुटवल ल्याईदैरहेछ । दुर्घटनाको कारण बसको तीव्र गति नै हो जस्तो लाग्छ । भाग्यले बाँचियो । छोरा पनि बाँच्यो । –२३ वर्षीया सपना कुँवर, अर्घाखाँची सन्दीखर्क नगरपालिका–७ ।


रगतको अभाव हुन सक्ने भन्दै स्वयमसेवक अस्पतालमा
घाईतेहरुलाई रगत आवश्यक पर्न सक्ने भन्दै बुटवलका रक्तदान अभियान्ताहरु अस्पतालमा पुगेका छन् । रगत आवश्यक पर्न सक्ने भएकाले घाईते भएका अस्पताहरुमा ४ जना रक्तदाताहरुलाई पूर्व तयारी अनुरुप राखिएको छ । गोर्खाली युवा सशक्तिकरण संस्थाका भरतजंग क्षेत्रीले रगत आवश्यक पर्न सक्ने घाईतेहरु भएका अस्पतालमा रक्तदाताहरुलाई राखेको बताए । उनले अहिले सम्म कसैलाई पनि रगत चढाउन नपरेको बताए ।
मृत्यु हुनेहरुमा:१) शिवलाल भट्टराई,  वर्ष ५६ सन्धिखर्क नगरपालिका –  ७ डिहिडाँडा  २) माया पुरी, वर्ष २२ सन्धिखर्क नगरपालिका –  ७ डिहिडाँडा  ३) शोभाखर पोख्रेल, ३ महिनाको बालक कपिलबस्तु बाणगंगा नगरपालिका – ७ वनगाई४) बलराम भट्टराई, वर्ष ५४ सन्धिखर्क नगरपालिका –  ७ डिहिडाँडा  ५) सिता बस्नेत,  २७ वर्षिया, शितगंगा २ घर भइ हाल कपिलबस्तु बाणगंगा नगरपालिका – ८ चप्परगाउँ कपिलवस्तु६) शैलेस थापा, वर्ष २२ भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९  , ठुला डेभा  ( प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको )७) छवीलाल गैरे, वर्ष ५४  भूमिकास्थान नगरपालिका – १० ८) वसन्त भन्ने ओम बहादुर थापा (चालक), ३२ वर्ष  गुल्मी मदने गाउँपालिका – २, हाल भैरहवा गैंडहा ७ बस्ने ९) सन्त बहादुर बस्नेत (सन्तोष ब.बस्नेत), (सवारी धनी ) वर्ष ३८ शितगंगा नगरपालिका वार्ड नं. २ (चौराहा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको )१०) मोनिका खड्का, ९ वर्षिया, सन्धिखर्क नगरपालिका –  ७ खाचिकोट काउले  ११) राज कुमार महत, वर्ष २७  (सशस्त्र प्रहरी जवान/स.प्र.बल २७ नं. गणरुपन्देहीमा कार्यरत भलिबलका राष्ट्रिय खेलाडी)  गुल्मी धुर्कोट गा.पा.२   पलधारा साबिक ३बन्ज्याङ   १२) सिता कुमारी सार्की नेपाली वर्ष ५९ सन्धिखर्क नगरपालिका २ १३) सिता घिमिरे  वर्ष ५० भूमिकास्थान नगरपालिका ९  १४)  बिष्णुमाया गैरे   वर्ष ५० भूमिकास्थान नगरपालिका ९  १५) मैघनाथ जैसी भण्डारी   वर्ष ५१ भूमिकास्थान नगरपालिका ७१६) मन्जु बिक वर्ष १५ , शितगंगा नगरपालिका वार्ड नम्बर १ १७) कृष्ण बहादुर सुनार वर्ष ४२, छत्रदेव गाउँपालिका – ८१८) लोक बहादुर दर्जी वर्ष ४८, शितगंगा नगरपालिका वार्ड नम्बर ७ कल्लेरी  १९) हरी बहादुर दर्जी वर्ष ५५, शितगंगा नगरपालिका वार्ड नम्बर ७ कल्लेरी 

 घाईते हुने र उनिहरुको अवस्था:-
चौराहा हस्पिटल बुटवलमा उपचारार्थ घाईतेहरू :१) विष्णु बहादुर अधिकारी, वर्ष ४२, सन्धिखर्क नगरपालिका – ५ वाङला   अनुहार र ढाडमा चोट, अवस्था सामान्य ।२) नन्द बहादुर बि.क,   वर्ष ६०/६५ सन्धिखर्क नगरपालिका, अनुहार र टाउकोमा चोट, अवस्था – मध्यम ।३) रिजन कुँवर, वर्ष ३ सन्धिखर्क नगरपालिका – ६  खुट्टा र टाउकोमा चोट, अवस्था – मध्यम ।४) गणेश पुरी, वर्ष १ शितगंगा नगरपालिका वार्ड  नं.६ खाँचीकोट – टाउकोमा चोट, अवस्था- मध्यम ।५) सपना कुँवर, वर्ष २३ सन्धिखर्क नगरपालिका –  ६  गर्धन र टाउकोमा चोट, अवस्था- मध्यम ।६) नाम थर वतन नखुलेकि अं.वर्ष २४/२५ कि टाउकोमा चोट, अवस्था – सिरियस ।
भैरहवा मेडिकल कलेजमा उपचारार्थ घाईतेहरु:-१) कृष्ण बि.क. वर्ष ४१,  पाणिनी गाउँपालिका वार्ड नं.७  चिउडो र ढाडमा चोट- अवस्था – सिरियस ।२) विष्णु बि.क., वर्ष ३५  पाणिनी गाउँपालिका वडा नं.७  दाहिने खुट्टा भाचिएको, दाहिने गालामा चोट, अवस्था – सिरियस ।३) जिवन बि.क., वर्ष २५, भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९ डेभा अवस्था- समान्य ।४) हुम बहादुर अधिकारी, वर्ष ३७ सन्धिखर्क नगरपालिका – ५ वाङला  ढाडमा र वाया गालामा चोट, अवस्था- मध्ययम ।५) कमल मुखिया, वर्ष ३२ सन्धिखर्क नगरपालिका – ८  अवस्था- सिरियस ।६) सरस्वती भट्टराई, वर्ष २३  सन्धिखर्क नगरपालिका – ४  दाया खुट्टा फ्याक्चर, टाउकोमा चोट, अवस्था-मध्यम ।७) अंकीत थापा, वर्ष १५, सन्धिखर्क नगरपालिका – ४  टाउकोमा चोट, अवस्था- मध्यम ।८) स्पर्ष पोखरेल, ३ वर्ष,  कपिलवस्तु बाणगंगा नगरपालिका  – टाउकोमा चोट, अवस्था- मध्यम ।९) विमला पोखरेल,  वर्ष २४ कपिलवस्तु बाणगंगा नगरपालिका   ढाड र कानमा चोट, अवस्था – मध्यम ।( स्पर्षको आमा)
बि.एण्ड.वि.हस्पिटल काठमाण्डौ१)  प्रशान्त सुबेदी, बर्ष ३३  दाङ राप्ति गा.पा.९  टाउकोमा चोट, अबस्था- सिरियस, लुम्बिनी सि.टी.हस्पिटल रुपन्देहीबाट बि.एण्ड बि.हस्पिटल काठमाण्डौ रिफर गरेकोले लु२च ६७४ नम्बरको एम्बुलेसमा काठमाण्डौ पठाईएको ।
अन्य घाईते१. एन्जल भट्टराई,  वर्ष ३ सन्धिखर्क नगरपालिका – १  टाउकोमा चोट, अवस्था- मध्यम, निजको मामा घरको हजुरबुवा सन्धिखर्क नगरपालिका – २ चुत्रावेशी बस्ने वर्ष ४७ को बाबुराम पौडेलले बुझि लगेको ।२. लोकनाथ पाण्डे, वर्ष १९  छत्रदेव गाउँपालिका वडा नं. ७  हातमा चोट, अवस्था- सामान्य । (डिस्चार्ज चौराहा हस्पिटल बुटवलबाट)


 अर्घाखाँची जिल्लाको नरपानीमा बुधवार भएको यात्रु वाहक बस दुर्घटनाको कारण समस्या , समाधान पत्ता लगाउन ९ सदस्यीय छानबिन समिती गठन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा आज बसेको नरपानी दुर्घटना छलफल र समीक्षा बैठकले सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिती गठन गर्ने निर्णय गरेको हो । 
छानबिन समितीमा संयोजकमा सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासे, सन्धिखर्क नगरपालिका, जिल्ला ट्राफिक कार्यालय,  जिल्ला सरकारी वकिल कार्यालय, डिभिजन सडक कार्यालय सिबपुर, सन्धिखर्क नगरपालिका ६ वडा अध्यक्ष, पश्चिम नेपाल यातायात प्रा. लि., देउराली यातायात प्रा. लि., र नेपाल पत्रकार महासंघ रहेका छन् । 

छानबिन समितीले नरपानीमा बस दुर्घटनाको कारणको प्रतिवेदन १५ दिन भित्रमा बुझाउनु पर्नेछ ।
यस्तै सर्व पक्षिय बैठकले सबारी चालकलाई परिचय कार्डको अनिबार्य ब्यबस्था गर्नुपर्ने, साना कार बाहेक सबै गाडी चल्न मिल्ने ढोरपाटन बाटो बनेकोले त्यो सडकबाट पनि सबारी साधन चलाउन अनुरोध गर्ने र  दिबंगत प्रती श्रद्धाञ्जली र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामनाको निम्ति शान्तिबगैंचामा १३ औं पुन्यतिथिमा दिप प्रज्जलित गर्ने लगायतका विषयमा निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको अध्यक्षता प्रदेश सासद रामजी प्रसाद घिमिरेको प्रमुख अतिथ्यता जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर सर्मा सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिकको उपस्थितिमा छलफल चलेको थियो । 


यस्तै छलफलमा जिल्ला स्थित सबै राजनीति दलका नेता तथा प्रतिनिधिहरु सुरक्षा निकाएका प्रमुखहरु यातायात ब्यबसायीहरु जनप्रतिनिधिहरु उधोग बाणिज्य सघ चेम्बर अफ कमर्सका प्रतिनिधि सबारी धनि सन्चारक्रर्मी नागरिक समाजका अगुवा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । 
छलफलमा सहायक प्रजिअ बिस्नु राज बेल्बासेले दुर्घटना न्युनिकरण सम्बधि कार्यपत्र प्रस्तुत गर्नु भएको छ । छलफलमा सरोकारवालाहरुले दुर्घटना न्युनिकरण गर्न सकिने उपाए दिर्घकालिन समधान यसबाट परेको असरका बिषयमा भनाई सुझाब राखेका थिए । मुख्य गरि दुर्घटना हुनुको प्रमुख कारण गाडीहरुले सडक क्षमता भन्दा ओभरलोड बोक्नु नै प्रमुख कारण भएको, सबारी चालकले सबारी चलाउदा मोबाइलको प्रयोग गर्नु, ट्राफिक प्रहरीलाई साधन स्रोत प्राय्त नहुनु, ठाउँ ठाउँमा ब्रेकर नराख्नु, सबारी चालकलाई अनिवार्य परिचयपत्र लगाउन नलगाउनु, दुर्घटना भएपछि के कारणले दुर्घटना भएको हो भन्ने बारे जाचबुझ समिति गठन नगर्नु जस्ता कुराले बढि दुर्घटना भएको कारण अब यस्ता कुराहरुलाई कडाईका साथ लागु गर्नु पर्ने सरोकारवालाहरुले माग गरेका थिए ।


साथै  दुर्घटनामा परि १४ जना घाइते भएका छन्।   बुधबार दिउँसो दिउँसाे १.३०  बजेतिर लु २ ख २१४८ बस सन्धिखर्कबाट बुटवल जादै गर्दा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानी – घुम्टीको बिचमा पर्ने (नरपानी बजार नजिकै)  कालाखोला / रातामाटामा अपरान्ह करिब ४ बजेतिर दुर्घटनाग्रस्त  भएको हो।  

बस दुर्घटनामा परी मृत्यु हुनेमा  सन्धिखर्क-७ कालीचौरका १८ वर्षीया माया पुरी, सोही ठाँउका १० वर्षीया मनिका खड्का, शितगंगा-२ सीतापुर झिर्राका २७ वर्षीया सीता बस्नेत र बस चालक करिव ३० वर्षीय वसन्त क्षेत्री, बस धनि सन्तमणि बस्नेत, छत्रदेव ७ का ३६ बर्षिय सन्त बहादुर बस्नेत, बुटवल चौडाहा हस्पिटल रहेका छन्। अन्य मृतकको सनाखत हुन सकेको छैन।

 गम्भिर घाइते १२ जनालाई उपचारकाे लागि बुटवल पठाईएकाे छ भने २ जना जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भईरहेको छ ।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छन्। सडक तल भीर र जंगल भएकाले अन्य सम्भावित घाइतेहरुको खोजी कार्य भइरहेको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताए ।

बस सडकबाट करिब  ५०० मिटर तल खसेको छ। सडक भासिएर बस सडकबाट तल खसेको थियो। गोरुसिङ्गे सन्धिखर्क सडकको नरपानी – घुम्टीमा मंसिर १० गते देखि १० दिनका लागि बाटो चौडा र मोडहरु कटिङ गर्नका लागि भन्दै बिहान ७ बजे देखि ११ बजेसम्म र दिनको १ बजेदेखि ४ बजेसम्म सडक बिस्तारका लागि टाईम टेवल अनुसार सबारी साधन सन्चालन हुँदै आएका थिए । 


सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *