” Visit  Nepal 2020 को प्रवर्द्धनात्मक तथा अन्य सुचनामुलक अन्तरक्रिया कार्यक्रम  बहराइनमा

नोभेम्बर १५ मा  नेपाली दुतावास बहराइनले  आयोजना गरेको   ” Visit Nepal 2020 को प्रवर्द्धनात्मक तथा अन्य सुचनामुलक अन्तरक्रिया कार्यमा” बहराइनमा रहेका अन्य  संघसस्थाहरुले जस्तै  अर्घाखाची प्रवासी समाज बहराइनले पनि आफ्नो बिचार एव सल्लाह सुझाब  प्रस्तुत गरेको छ ।  अन्तरक्रिया कार्यक्रमा  अर्घाखाची प्रवासी समाज बहराइनको तर्फ बाट सस्थाका द्धितीय उपाध्यक्ष करुण टण्डन र प्रवक्ता रामु खनालको उपस्थिति रहेको थियो । 
 उक्त  अन्तरक्रिया कार्यक्रममा सस्थाका द्धितीय उपाध्यक्ष करुण टण्डनले  आफ्नो बिचार राख्नु हुदै  सरकारले   Visit Nepal 2020 मनाउदै गर्दा २० लाख पर्यटकको लागी सहज एव सुलभरुपमा  उपयुक्त भौतिक पूर्वाधार हुनु पर्ने , नेपालमा जाने पर्यटको लागि सुरक्षाको उचित  हुनुपर्ने ,  पर्यटकहरुलाई चाहिने हरेक सेवा सुविधामा सहज पहुच हुनु पर्ने , विमानस्थल  पर्यटक मैत्री हुनु पर्ने तथा  बहराइन बाट नेपाल सिधा हवाई सेवा सन्चालन हुन सक्यो भने Visit Nepal 2020 थप उपलब्धि मुलक एव सफल बनाउन सकिने  बिचार व्यक्त गर्नु भयो । Visit Nepal 2020 को लागी  अर्घाखाची प्रवासी समाज बहराइनको सस्थागत तर्फ बाट  साथसाथै आफ्नो व्यक्तिगत तर्फबाट बहराइन बाट नेपाल पर्यटन  पठाउनको लागी सक्दो भूमिका निर्वाह गर्ने बताउनु  भयो ।    
उक्त अन्तरक्रिया कार्यक्रममा बहराइनमा क्रियाशील संघसस्थाका प्रतिनिधिहरु , नेपाली दुतावास बहराइनका राजदुत पदम सुन्दास   सहित अन्य नेपालीहरुको भब्य उपस्थिति रहेको थियो।   उक्त कार्यक्रम  दुतावासको सभाहलमा सम्पन्न भएको थियो।  उक्त कार्यक्रम डिपुटी चिफ अफ द मिशन अरुणा घिसिङ्गले सहजीकरण गर्नुभएको थियो ।  

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *