ओमान नेपाली एकता समाजले अमृत आचार्य लाई सहयोग पठायो


टुक बहादुर रमदाम ओमान मस्कट:- बागलुङ जिल्ला राङखानि स्थायी घर भएका जीवन शर्मा जीबन भर जनताको गित जनबादी गितू गायर मजदुर बर्गको मुक्तिको निम्ती आवाज उठाउँदै जिबनको अध्यायमा आइपुग्दा जन गायक जीबन शर्माको परिवारमा बज्रपात आइपरेको खबर सबैमा जानकारी नै छ । उहाँको माहिला छोरा अखिल युवक संघका राष्ट्रिय परिषद सदस्य क.अमृत आचार्यको पेटको समस्याको कारण त्रि. बि. शिक्षण अस्पतालमा उपचार्थ हुनुहुन्छ । उहाँको थप जटिल सल्यकृयाको लागि ठुलो आर्थिक रकम लाग्ने हुदा उपचारमा आर्थिक कमि नहोस् र उपचार पुर्णरुप मा सफल होस् भन्ने कामना तथा सिघ्र स्वास्थ लाभको कामना सहित देश बिदेशमा रहनु भयका मनकारी सहयोगी मन हरुले झै ओमान बाट पनि सहयोग संकलन गरी बिरामी पिडित सम्म पुराउने काम भयको छ ।
ओमान नेपाली एकता समाजको पहलमा गरियको सहयोग संकलन रकम ओमनी रियल १८२.५००तथा नेपाली रु ५३,३३५ तिर्पन्न हजार तिन सय पैतिस रुपैयाँ पिडित को परिवार सम्म पुराइयको छ । उक्त आर्थिक सहयोग रकम ओमान नेपालि एकता समाज केन्द्रीय सदस्य तथा रक्तिम परिवार ओमानका अध्यक्ष बुद्ध बिक ले बिरामिका दाइ अर्जुन आचार्य लाई हस्तान्तरण गर्नु भयको हो । सहयोग संकलन कार्यमा एकता समाजका सदस्य तथा शुभ चिन्तकहरु एवम जन गायक जीवन शर्माका शुभ चिन्तकहरु साथै ओमानमा मजदुरी गर्नु हुने दाजुभाइ दिदीबहनी रसमाजसेवी माहानु भावहरुको पनि हातेमालो रहेको थियो । देश र जनता को लागि जिबनीनै अर्पण गर्नु हुने जिबन शर्माको परिवारमा परेको यस दुखद घडिमा निस्वार्थ भावले सहयोग गर्नु भयका सम्पुर्ण सहयोगी मनहरु साथै ओमानमा कृयाशिलसमाजसेवीहरु जस्ले हामिहरु लाई नै फोन गरि सहयोग गर्नु हुने पदम अर्याल, ओमकार तामाङ तथा रुपा पुन लाई ओमान नेपाली एकता समाज हृदय देखिनै धन्यवाद व्यक्त गरेकोछ । साथै बिरामी आचार्यको सिघ्र स्वास्थ लाभको कामना गरेकोछ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *